सरकारले संविधान संशोधन अघि बढाई तराई केन्द्रीत दललाई समझदारीमा ल्याउने प्रयास गरिरहेको बेला नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले अहिलेको संविधान संशोधन खतरनाक भएको बताएका छन् । उनले संशोधन प्रस्ताव गलत नियतका साथ आएको भन्दै त्यसलाई खतरनाकको संज्ञा दिएका हुन ।

उनले भने, ‘यो खतरनाक छ, संविधानको धारा ६ मा संशोधन भनेको छ । त्यो वेठीक छ ।’   ओलीले मधेसी जनताका स्वास्तविक मागलाई शतप्रतिशत पूरा गर्न एमाले तयार रहेको भन्दै कतै र कसैका लागि पूरा गरिदिनु पर्ने सम्झौता एमालेले पूरा गर्नु पर्ने कारण नभएको पनि दाबी गरे ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘उनीहरुले कहाँ के सम्झौता गरे । उनीहरुका लागि त्यो उचित होला,’ कांग्रेस, माओवादी र राजपाप्रति लक्षित गर्दै एक रेडियो कार्यक्रममा अन्तरवार्ता दिर्दै ओलीले भने, ‘त्यसलाई हामीले मान्नु पर्ने कुनै कारण छैन ।’

संविधान संशोधनका लागि एमाले खुला छलफल गर्न तयार भएको पनि उनले खुलासा गरे । ‘संविधान संशोधन प्रस्तावका बारेमा हामीसँग छलफल भएको छैन,’ हामीसँग छलफल गर्ने हो भने हामी संविधान संशोधनका विपक्षमा छैनौँ । पहिला निर्वाचन पूरा गरौँ । संशोधन चार महिनापछि गर्दा पनि हुन्छ ।’ ओलीको यो विश्लेषले सरकारलाई ठूलो धक्का पुग्ने देखिन्छ । न्यूज अभियान बाट