सुनसरी- दुहबी नगरपालिका-३ स्थित सामुदायिक हस्पिटल अगाडि बाटोबाट एक थान कटुवा पेस्तोलसहित इटहरी उपमहानगरपालिका-१२ खनार बस्ने ३४ वर्षीय काउ भन्ने सुशील साहलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ।
हातहतियार बोकी हिँडिरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरीले उक्त हतियार सहित फेला पारी उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।



