सामाजिक संजाल फेसबुक पेज मार्फत् अनलाईन ठगी कार्यमा संलग्न युवक पक्राउ परेका छन् ।

सामाजिक संजाल फेसबुक पेज मार्फत् अनलाईन ठगी कार्यमा संलग्न बर्दिया बारबर्दिया नगरपालिका–१० बस्ने २३ वर्षीय रमेश थारुलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

विभिन्न व्यक्तिहरुको नागरिकताको कपी फेला पारी त्यसको दुरुपयोग गरी नक्कली फेसबुक पेज मार्फत डिएसएलआर क्यामेराको खरिद तथा विक्री गर्न आकर्षक विज्ञापनमा सम्पर्क नम्बर समेत राखेर ७८ हजार पर्ने क्यानन ८० मोडल क्यामेरा खरिदको लागि आधा रकम पहिला पठाउन भनी सामान डेलिभरीपूर्व नै ग्राहकहरूको केही रकम आईएमई पे एप, ई–सेवा मार्फत पठाउन लगाई सामान डेलिभरी नदिई सम्पर्कविहिन भएको खुल्न आएपछि उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकेसँगको समन्वयमा पक्राउ गरेको जनाएको छ ।

उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको उक्त महाशाखाले बताएको छ ।