काठमाडौंः पर्यटन क्षेत्रमा नयाँ कम्पनी थपिएसँगै बैंक तथा वित्तीय संस्थाको यस क्षेत्रमा लगानी पनि बढ्न थालेको छ । देशमा राजनीतिक वातावरण सुध्रिँदै गएपछि व्यवसायले गति लिने विश्वासका साथ होटललगायतका पर्यटकलाई सेवा दिने कम्पनी खुल्न थालेपछि बैंकका लागि पनि लगानीको आकर्षक क्षेत्र बन्न थालेको हो ।

०६२/६३ सालको राजनीतिक परिवर्तनसँगै नेपालमा पर्यटकीय क्षेत्रमा नयाँ–नयाँ कम्पनी आएका छन् । पछिल्लो समयमा पाँचतारे होटलदेखि, रिसोर्ट, साना होटल, तथा रेस्टुराँहरू खुल्ने क्रम बढेसँगै बैंकहरूको लगानी पनि बढ्दै गएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो पाँच वर्षमा बैंक तथा वित्तीय संस्थाको पर्यटन क्षेत्रमा प्रवाह हुने ऋण साढे ३ गुणाले वृद्धि भएको छ । ०७० जेठसम्म यस क्षेत्रमा बैंकहरूको १८ अर्ब कर्जा दिएकोमा ०७४ जेठसम्म आइपुग्दा कर्जा बढेर ६२ अर्ब रुपैयाँ पुगेको छ । यसमध्ये ४९ अर्ब ५१ करोड होटल व्यवसायमा र १२ अर्ब ५१ करोड रिसोर्ट, ¥याफ्टिङ, माउन्टेनिङलगायतका पर्यटक लक्षित व्यवसायमा भएको छ ।

एक वर्षको अवधिमा पर्यटन क्षेत्रका बैंकको लगानी १२ अर्ब रुपैयाँ थपिएको छ । ०७३ जेठसम्म यस क्षेत्रमा ५० अर्ब ४१ करोड रुपैयाँ लगानी भएको राष्ट्र बैंकले जनाएको छ ।

पछिल्लो समयमा पर्यटन व्यवसायलाई कर्जा लगानीको मुख्य क्षेत्रका रुपमा लिइएको बैंकरहरू बताउँछन् । सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले होटल तथा रेस्टुराँका साथै पर्यटकीय पूर्वाधार विकासमा बैंकहरूले प्राथमिकता दिएर लगानी गरेको बताए ।

“पर्यटनलाई लगानीको आकर्षक क्षेत्रका रूपमा हेरेका छौं,” गुरुङले भने, “अझै राजनीतिक स्थायित्व नभएकाले हाम्रो अपेक्षाअनुसार कर्जाको माग आएको छैन ।” पछिल्लो समयमा स–सानो रेस्टुराँदेखि, भिलेज रिसोर्ट, तारे होटलका लागि कर्जा माग भइरहेको उनको भनाइ छ ।

विगतमा द्वन्द्वका कारण पर्यटन व्यवसायमा आएको मन्दीसँगै विगतमा ठूला–ठूला होटलसमेत बन्द भएका थिए । पछिल्लो राजनीतिक परिवर्तनसँगै राजनीतिक स्थिरता आउने र पर्यटक व्यवसायले पुनः गति लिने विश्वासका साथ लगानी बढ्न थालेको हो ।

राजनीतिक स्थिरतासँगै पर्यटन व्यवसायले गति लिने आशा सहित होटलहरूमा लगानी थपिने क्रम जारी रहेको र बैंकहरूले पनि यस क्षेत्रको लगानीमा प्राथमिकता दिएको व्यवसायी बताउँछन् ।राष्ट्र बैंकका अनुसार ०७४ जेठसम्म बैंक तथा वित्तीय संस्थाले २२ खर्ब ९२ अर्ब निक्षेप संकलन गरी १९ खर्ब ६६ अर्ब रुपैयाँ लगानी गरेका छन् । कारोबार दैनिक बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah