प्रसंग राम-रावणको युद्धबाट सुरु हुन्छ । यो त्रेतायुगको कुरा हो । युद्धमा रामलाई पराजित गर्नका लागि रावणले भगवान शिवको तपस्या गरेका थिए । शिवजीलाई प्रशन्न गराउन सके, जीत आफ्नो पक्षमा हुनेमा रावण विश्वस्त थिए । यसका लागि रावणले शिवलिंगको आकार लिएर लंकमा स्थापित गर्नुपर्ने भयो । सर्त के राखियो भने, यदि शिवलिंग लंका लाने क्रममा कतै बिसाउन नपाइने । रावणले सर्त मञ्जुर गरे ।

बाटोमा रावणले एक गोठालो भेटे र उसैलाई शिवलिंग बोक्न लगाए । तर, भगवान शिवले आफ्नो तौल बढाए । गोठालोले भार उठाउन सकेनन्, शिवलिंग जमिनमा राखे । अहिले यहि स्थान गोकर्णनाथले प्रशिद्ध छ । अहिले पनि यहाँ बर्षेनी मेला लाग्छ ।
रावणले थाहा पाए कि, भगवान शिवले चलाखीपूर्वक यस्तो काम गरेका हुन् ताकि उसले लंका जान नपरोस् । र, युद्ध रामले जितोस् । यो भेद थाहा पाएपछि रावण एकदमै क्रोधित भए । उनले आफना औलाले शिवलिंगलाई दबाइदिए । त्यसमा गाइको कान -गौ-कर्ण जस्तो निशान बनाइदिए । अब रावण गोठालाप्रति जाइलागे । उनलाई मार्नका लागि लखेट्न थाले । ज्यान बचाउन भाग्दा भाग्दै गोठालो एक कुवामा डुबेर मरे ।

आफुले रचेको लीलामा गोकर्णनाथको पनि पात्र भएकाले शिवजीले उसलाई यो बरदान दिए कि, ‘अब मेरो पूजासँगै तिम्रो पनि पूजा हुनेछ ।’ त्यहीदेखि उक्त गोठालो भूतनाथको नामबाट विख्यात भए । र, यो नगरलाई ग्वाला गोकर्णनाथलको नामबाट पुकारिन थालियो । पछि अपभ्रंश भएर ग्वाला नामबाट गोला भयो । अहिले यो नगर गोला गोकर्णनाथ एवं सानो काशीको नामले प्रख्यात छ । ज्यान बचाउनका लागि भाग्दा भाग्दै ति गोठाला जुन कुवामा फसेका थिए, त्यो अहिलेपनि त्यहाँ रहेको छ । श्रावण मासको तेस्रो सोमवार त्यहाँ भूतनाथ मेला लाग्छ ।

वराह पुराणको एक कथा अनुसार एक पटक भगवान शंकर तीन सिङ भएको मृगको रुप धारण गरे । देवतागण विष्णुको नेतृत्वमा शंकरलाई खोज्न पृथ्वीमा आए । ब्रम्हा र इन्द्रले मृगरुपी शिवको दुई सिङ समात्न भ्याए । तब शिवले तीन वटै सिङ छाडेर अदृश्य भए । त्यही सिङले लिंगरुप धारण गर्‍यो । देवताले शिवको तीन लिंगमध्ये एउटा गोकर्णनाथमा स्थापित गरे । दोस्रो शुंगेश्वरमा र तेस्रो शिवलिंग इन्द्रलोकमा पुर्‍याए । जब रावणले इन्द्रमाथि विजय हासिल गरेर इन्द्रलोकबाट त्यही तेस्रो शिवलिंग उठाएर लंका लादै थिए, भुलवस् त्यसलाई गोकर्ण क्षेत्रको भूमिमा राख्न पुगे । तब शिव त्यही स्थित भए । यसलाई गोकर्णनाथको नामले चिनिन्छ ।

के हो शिवलिंग: शिवलिंगको अर्थ भगवान शिवको आदि-अनादी स्वरुप हो । सून्य, आकास, अनन्त, ब्राम्हान्ड र निराकार परमपुरुषको प्रतिक हो यो । स्कन्द पुराणमा भनिएको छ, आकास स्वंम लिंग हो । धर्ती त्यसको पीठ र सबै अनन्त शून्यबाट पैदा भएर त्यसैमा विलय हुने भएकाले यसलाई लिंग भनिएको हो । वातावरणसहित घुमिरहेको धर्ती वा सबै अनन्त ब्रम्हान्डका अक्ष/धुरी लिंग हो । ब्रम्हान्डमा दुई चिज हुन्छ, उर्जा र पदार्थ । हाम्रो शरीर पदार्थले निर्मित छ र आत्मा उर्जा हो । यसैगरी शिव पदार्थ र शक्ति उर्जाको प्रतिक बनेर शिवलिंग भनिएको हो । वास्तवमा शिवलिंग हाम्रो ब्रम्हान्डको आकृति हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय