गत साता सोमवार काठमाण्डूको बागबजारस्थित काठमाण्डू मोडेल कलेज (केएमसी) को छात्रावासमा एक विद्यार्थीको मृ,त्यु भयो । नुहाउने क्रममा बेहोस भएका उनलाई अस्पताल लग्दालग्दै मृ,त्यु भएको कलेजका प्रधानाध्यापक डा.नवीन्द्र बहादुर अर्यालले जानकारी दिए । उनले दिएको जानकारी अनुसार मृत,क कक्षा १२ मा अध्ययनरत थिए । घ’टनालगत्तै कलेजका अन्य विद्यार्थी आन्दोलनमा ओर्लिए। उनीहरूले कलेजको होस्टलमा उचित भेन्टिलेशन नभएका कारण निसासिएर आफ्ना साथीको ज्या’न गएको दाबी गरेका छन्। कलेज व्यवस्थापनले ला’परबाही गरेको आ’रोप उनीहरूले लगाएका छन् । प्रधानाध्यापक अर्यालले भने,”घ’टनाबारे अझै पनि अनुसन्धान भइरहेको छ। कस्ता कमजोरी भए र अबदेखि के गर्ने भन्ने विषयमा छलफल गरिरहेका छौँ।”
चिसो छल्न प्रयोग गरिने विद्युतीय वा ग्यास हीटर तथा गिजरका कारण भएको भनिएको यो पहिलो घ’टना भने होइन । जाडो महिनामा त्यस्ता उपकरणको प्रयोगपछि दु’र्घटनामा परी अस्पताल भर्ना हुने र मृ’त्यु हुनेको सङ्ख्या उल्लेख्य मात्रामा हुने चिकित्सकहरू बताउँछन् । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको पल्मोनोलजी एवं क्रिटिकल केअर मेडिसिन विभागका डा.नीरज बम भन्छन्, ”मृ’त्युका घ’टना बाहिर आउँछन् तर घाइते हुनेहरूबारे कसैलाई थाहा हुँदैन । यस वर्ष जाडो लागेपछि थुप्रै बिरामी नुहाउँदानुहाउँदै वा आगो ताप्दाताप्दै निसासिएको, बेहोस भएको भन्दै ल्याइएका छन् । उनीहरू ठिक भएर घर फर्किन्छन्।”
के कारण निसासिन्छन् मानिस ?
ग्यासबाट चल्ने हीटर र गिजर चलाउँदा वा कोठाभित्र आगो बाल्दा त्यसबाट कार्बन मोनोक्साइड निस्किने विज्ञहरू बताउँछन् । जुन कोठा वा नुहाउने कोठामा फैलिन्छ। चिसो मौसममा कोठाको झ्यालढोका बन्द रहने भएकाले बाहिरबाट अक्सिजन भित्र पस्न पाउँदैन र भित्रबाट दूषित कार्बन मोनोक्साइडयुक्त हावा बाहिर जान पाउँदैन । “त्यसरी गुम्सिएको कोठामा फैलिएको कार्बन मोनोक्साइड हामी सासबाट लिन थाल्छौँ। त्यो मानिसको फोक्सोमा पुग्छ र फोक्सोबाट रगतका नलीमा गएर रातो रक्तकोषिकाको हेमोग्लोबिनसँग टाँसिन्छ” डा. बम भन्छन्।
सामान्य अवस्थामा फोक्सोबाट आएको अक्सिजनलाई हेमोग्लोबिनले बाँधेर शरीरभरि पुर्याउँछ । तर अक्सिजनको साटो कार्बन मोनोक्साइड रक्तनलीमा गएपछि मुटु, मिर्गौला, कलेजो र मस्तिष्कसम्म पनि पुग्छ। “त्यसपछि मानिसमा निसासिने स’मस्या देखिन थाल्छ,” उनले भने।उनका अनुसार यो अवस्थालाई “कार्बन मोनोक्साइड पोइजनिङ” भनिन्छ।पल्मनरी एन्ड क्रिटिकल केअरविज्ञ डा. रक्षा पाण्डेले भने कार्बन मोनोक्साइडको रङ्ग र गन्ध नहुने भएकाले झट्ट पहिचान गर्न गाह्रो हुने जानकारी दिइन्। अक्सिजनको तुलनामा कार्बन मोनोक्साइड चाँडो हेमोग्लोबिनमा टाँसिन्छ ।
कस्ता स’मस्या देखिन्छन् ?
कार्बन मोनोक्साइड शरीरका भागहरूमा फैलिएपछि सुरुमा टाउको गह्रुङ्गो हुने र दुख्ने, रिँगटा लाग्ने, आँखा तिरमिर हुने जस्ता स’मस्या देखिन्छन्। गाह्रो बनाउँदै जाँदा शरीर फतक्क गल्ने, बान्ता आउने, हात काँप्नेजस्ता स’मस्या आउने डा. बमले बताए। ”स’मस्या भोगिरहेको मानिसलाई आफ्नो स्थितिबारे चेत हुँदैन। उनीहरू बाहिर निस्किन पनि सक्दैनन्। त्यसैले निसासिन्छन् र लामो समय अक्सिजन अभावमा रहँदा ज्या’न जान सक्छ,” उनले भने । मुटुले अक्सिजन नपाउने यस अवस्थालाई ‘एरिद्निया’ भनिन्छ। यस अवस्थामा मुटुको गति र ताल असन्तुलित हुने चिकित्सकहरू बताउँछन् ।
यस्तो दु’र्घटना प्रायः गिजर प्रयोग गरी नुहाइरहेको वा हीटर बालेर सुतिरहेको अवस्थामा हुन सक्ने चे’तावनी उनले दिए । “सुतेकाहरूको हकमा उनीहरू अर्धचेतनमा हुन्छन्। न रिँगटा लागेको थाहा पाउँछन् न टाउको दुखेको नै। त्यसैले बेहोस हुन्छन् र उठ्न सक्दैनन्।”
के हुन् समाधानका उपाय ?
तातोका लागि ग्यासबाट चल्ने वा विद्युतीय उपकरण प्रयोग गर्दा बाह्य र भित्री वातावरणको हावा आवतजावत हुने ठाउँ बनाउँदा तथा झ्याल वा भेन्टिलेशन खुला राख्दा जोखिम घट्ने डा. बमको कथन छ। उनले कार्बन मोनोक्साइड हावामा हलुका हुने र खुला ठाउँबाट बाहिर निस्किने जानकारी दिए।दु’र्घटना भइहालेको अवस्थामा अस्पताल पुर्याउनुको विकल्प नभएको उनी बताउँछन्। “कार्बन मोनोक्साइड पोइजनिङ भएकाहरूलाई तीव्र गतिमा प्रवाह हुने अक्सिजन सहायतामा राख्नुपर्छ । परीक्षणपछि बिरामीको शरीरको कहाँ कस्तो असर परेको छ सोहीअनुरूप औषधिउपचार गरिन्छ,” बमले भने।
अरू कस्तो जोखिम ?
केही वर्षअघि पुस महिनाको ७ गते। कलङ्की बस्ने इन्जिनियर दम्पती पुष्करराज जोशी र अप्सरा श्रेष्ठको कोठाबाट धुवाँको मुस्लो निस्कियो। धुवाँसँगै हारगुहारको आवाज सुनेपछि छिमेकीहरू उद्धार गर्न गए । कीर्तिपुरस्थित नेपाल क्लेफ्ट एन्ड बर्न सेन्टर पुर्याउँदासम्म त उनीहरू होसमै थिए। उनीहरूका १४ महिने छोरालाई भने त्यहाँ बच्चाको भेन्टिलेटर नभएकै कारण भक्तपुरस्थित सिद्धि मेमोरियल अस्पताल पुर्याइयो।उपचार र ठिक हुने आशाबीच घ’टना भएको पाँच दिनपछि पुष्करको निधन भयो । त्यसको चार दिनपछि पुस १६ गते अप्सराको पनि मृ’त्यु घोषणा भएको उनका बुबा प्रेमकुमार श्रेष्ठले जानकारी दिए।
उनीहरूका छोरा अहिले चार वर्षका भए। उनी शरीरको विभिन्न भागमा पोलेको घाउ बोकेर हजुरबुबा र हजुरआमासँग हुर्किरहेका छन्।प्रहरीका अनुसार घ’टना भएको रात कोठामा ग्यास हीटर प्रयोग भएको थियो। त्यही हीटरको ग्यास चुहिएर आगलागी भएको प्रहरीको अनुमान छ।नेपाल क्लेफ्ट एन्ड बर्न सेन्टरका बर्न वार्ड प्रमुख डा. सुरेन्द्र बस्नेतका अनुसार जाडोमा हुने यस्तै दुर्घटनाका कारण अस्पतालमा जलनका बिरामीको सङ्ख्या ह्वात्तै बढ्छन्। उनका अनुसार वार्षिक करिब ६०० जलनका बिरामी आउँछन्। तीमध्ये २० देखि २५ प्रतिशतको मृ,त्यु हुन्छ।“जाडोमा न्यानोका लागि हीटर, गिजरको प्रयोग गरिन्छ। गाउँघरतिर आगो बालिन्छ। पानी पनि तातै पिउँछौँ। यी सबैको प्रयोगमा सतर्क नहुँदा दु’र्घटना हुन्छ,” बस्नेतले भने।
कस्ता हुन्छन् जलनका प्रकार ?
डा. बस्नेतका अनुसार प्रायः तातो पानी शरीरमा पोखिएर हुने जलनको पीडित बालबालिका छन्। सोही उमेर समूहका बालबालिकाहरूले बलिरहेको हीटर समातेर वा हीटरको रापले उनीहरूको लुगा पगालेर भएका घ’टनाहरू समेत देखिने उनले बताए । सहरी क्षेत्रमा ग्यास हीटर लीक वा विद्युतीय हीटर शर्ट भएर पनि दु’र्घटनाहरू भएको विवरण दिए। उनले भने, ”ग्यास लीक भएको छ कि छैन जाँच नगरी वा तार सही छ कि छैन जानकारी नराखी उपकरण प्रयोग गर्दा आगलागी हुन्छ र जलनमा परेकाहरू उपचारका लागि आउँछन्,” उनले भने । यस्ता दु’र्घटनाहरूले शारीरिक जलन मात्र गराउने नभई श्वासप्रश्वास प्रक्रिया र फोक्सोमा समेत असर पुर्याउने बताए । त्यस्तै दाउराको आगलागीमा परेकाहरू भने प्रायः ग्रामीण भेगबाट आउने उनको भनाइ छ।
आगोका अरू कस्ता दुष्प्रभाव ?
जाडो छल्न मात्र नभई खाना बनाउन प्रयोग गरिने आगो र त्यसको धुवाँका कारण दीर्घ दम तथा खोकी (सीओपीडी) को स’मस्या बढिरहेको डा. नीरज बम बताउँछन्। उनी यसलाई उपयुक्त भेन्टिलेशन नहुँदाको परिणाम मान्छन् । धुवाँमा हुने फरक किसिमका ग्यास, रासायनिक तत्त्वले गर्दा दमसँगै नियमित रुघाखोकी, श्वासनली साँघुरो बनाउने जस्ता स’मस्या निम्त्याउने बताए। दीर्घकालीन रूपमा क्या’न्सरको स’मस्या पनि सिर्जना हुन सक्छ।”यस स’मस्याको समाधान पनि उचित भेन्टिलेशन नै भएको बताए।
न्यानोको विकल्प एअर कन्डिशनर (एसी) ले पनि स्वास्थ्य समस्या निम्त्याउन सक्ने चिकित्सकहरू बताउँछन्। बन्द कोठालाई चिसो बनाएर बस्नेहरूमा फ्लूको स’मस्या अधिक हुने र तापक्रम बढाएर बस्नेहरूमा छालाको एलर्जी, आँखा र नाक चिलाउने जस्ता स’मस्या देखिने बताउँछन् डा. बम।“समग्रमा यस्ता उपकरणहरूले हानि नै गर्छन् । प्रयोग गर्नु पर्ने बाध्यताहरू हुन्छन् तर सतर्क भएर चलाउनुपर्छ।”