नेपाली बजारमा आज सुनको मूल्य बढेकोे छ । हिजो तोलामा ४ सय रुपैयाँले घटेको सुन आज भने तोलामा ६ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ७ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

हिजो भने छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार १ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ६ सय रुपैयाँ कायम गरिएको थियो ।

त्यस्तै, बिहिबार प्रतितोला १ हजार २४५ रुपैयाँमा कारोबार भइरहेको चाँदी शुक्रबार भने तोला १५ रुपैयाँले बढेर प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।