
गोरखामा मिनिट्रक दुर्घटना हुँदा चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। गोरखाको आरुघाटबाट माछाखोला जाँदै गरेको बा ५ ख ६५६६ नं मिनिट्रक शुक्रबार मध्यान्ह १२ बजेतिर बुढीगण्डकीमा खस्दा दुई जनाको मृत्यु भएको गोरखाका डीएसएपी प्रकाश दाहालले जानकारी दिए। मृत्यु हुनेमा चालक शिराचन नेपाल रहेका छन् भने अर्का एक जनाको मृतकको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
प्रहरी अनुसार मिनिट्रकमा ६ जना सवार थिए। घाइतेमध्ये आसमान गुरुङ गम्भीर घाइते भएकाले उपचारका लागि रिफर गरिएको छ। मिनिट्रक सडकबाट १०० मिटर तल खसेको छ।