नवलपुरको मध्यबिन्दु-१२ मा शुक्रबार बाघको आ’क्रमणबाट एक महिलाको मृ’त्यु भएको छ । बाघको आ’क्रमणबाट मध्यबिन्दु–१२, अरुणखोला निवासी ३९ वर्षीया बरिसा सारुको मृ’त्यु भएको हो ।बिहान स्थानीय वनमा साग टिप्न गएकी सारुलाई बाघले आ’क्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर पन्तले बताए । सारूसँगै गएका अन्यले घ’टनाबारे जानकारी गराएपछि प्रहरीको टोली त्यहाँ पुगेको थियो । घ’टनास्थल अरुणखोला–दुम्कीबास सडकखण्डभन्दा करिब ५०० मिटर दक्षिणतर्फ रहेको प्रहरीले जनाएको छ ।
नवलपुरमा यसअघि मङ्सिर दोस्रो साता बाघको आ’क्रमणबाट विनयी त्रिवेणी गाउँपालिका–१, मा स्थानीय सामुदायिक वन रक्षकको मृ’त्यु भएको थियो । सो घ’टनास्थल र आजको घ’टनास्थल केही दूरीको फरकमा छ ।वन आसपासमा बाघको आ’तङ्क बढेको भन्दै विनयी त्रिवेणी गाउँपालिकाले केही दिन अगाडि मात्रै एक सूचनामार्फत वन क्षेत्रमा नजान स्थानीयवासीलाई अनुरोध गरेको थियो । बाघको आ’क्रमणबाट थप एक जनाको मृ’त्य भएपछि चिन्तित स्थानीयवासी बाघलाई नियन्त्रण गरी निकुञ्ज क्षेत्रमा लैजान पहल गर्नुपर्ने माग गर्न थालेका छन् ।