सत्ययुग, त्रेतायुग, द्वापरयुग र कलियुग । धर्मशास्त्रमा यहि चार युगको व्याख्या छ । युग परिवर्तनका साथ साथै मानिसको चरित्र, उसको स्वभाव र उसको प्राथमिकता पनि बदलिन्छ । सत्ययुगमा आपसी सम्बन्धको गरिमा, मनको सच्चाईको अत्याधिक महत्व थियो । आज हामी जुन कुरालाई सामन्य गल्ती मान्छौ, त्यस युगमा त्यही काम घोर अपराध मानिन्थ्यो ।
सत्ययुगपछि त्रेतायुग आयो, जुन युगमा श्रीरामको जन्म भएको मानिन्छ । यहि युगमा हो, मानिसमा स्वार्थ हावी हुँदै गएको । धर्तीमा नराम्रो गतिविधि पनि बढ्न थाल्यो । द्वापर युगमा मानिसको सम्बन्धको गरिमा हराउँदै गयो । आपसी सम्बन्ध केवल स्वार्थमा केन्दि्रत हुन थाल्यो । धन र सत्ताको लोभमा सबै अन्धा हुन थाले । पुराणमा त पहिला कलियुगको बिशेषताको उल्लेख गरिएको छ । भीष्म पितामहले युधिष्ठरलाई केहि यस्तो महापापको बिषयमा बताएका थिए, जो कलियुगमा अत्याधिक बढ्नेछ ।
तीन श्रेणीमा विभाजित: भीष्म पितामहद्वारा बताएको यो महापाप तीन श्रेणीमा बिभाजित छ । त्यसमा ३ शरीरद्वारा, ४ बाणी एवं बोलीद्वारा र मनद्वारा तीन किसिमको महापाप सामेल छ ।
हिंसा: शरीरद्वारा हुने महापाप सबैभन्दा प्रथम र अत्याधिक निन्दनिय हो हिंसा गर्नु । कुनैपनि जीवको साथ शारीरिक हिंसा गर्नु वा जानीबुझी त्यसमाथि क्षति पुर्याउनु यस श्रेणीमा सामेल छ ।
चोरी: यस श्रेणीमा दोस्रो पाप हो, चोरी । आफ्नो लोभको कारण अरुको सम्पति चोरी गर्नु एकदमै निन्दनिय काम हो । यदि आफ्नो आवश्यक्ता पुरा गर्नका लागि अर्काको चोरी गर्नुहुन्छ भने त्यसले नराम्रो नतिजा दिन्छ ।
व्यभिचार: व्यभिचार अत्याधिक निकृष्ट कर्म हो, जो शारीरिक महापापको श्रेणीमा सामेल छ । कलियुमा स्त्री-पुरुषको नैतिक र चारित्रिक हननको आशंका पहिला पनि गरिएकै थियो । जसले भोगवस आफ्नो बैवाहिक जीवनलाई खल्लो बनाउँछ, उसले पापको भागिदार हुनुपर्छ ।
हाम्रो बोली: शारीरिक महापापपछि अब त्यस पापलाई घृणित मानिएको छ, जो बाणी एवं बोलीद्वारा घटित हुन्छ । हाम्रो बाणीले हाम्रो चरित्र उदांगो पार्छ । हाम्रो मुख खोल्नसाथ त्यही कुरा खुल्छ कि, हामी के सोच्छौ ।
अनर्थ बोली: यस श्रेणीमा सामेल महापापमा पहिलो नाम हो, अनर्थ बोल्नु वा कुनै गलत शब्दको प्रयोग गर्नु । जो व्यक्ति व्यार्थ बोल्छन्, उनीहरु स्वंमलाई थाहा हुन्न कि आफुले के बोलिरहेको छु भन्ने कुरा । उनीहरु जानी जानी अरुलाई बिझाउने कुरा बोलिरहेका हुन्छन् ।
अरुको अपमान: महाभारतमा यस कुराको उल्लेख छ कि अरुको अपमान गर्नु मृत्यु समान हो । तर, अहिले यो कुरा निकै सामन्य भएको छ । यो बाणीद्वारा हुने दोस्रो महापाप हो ।
झुट: हामीले बोल्ने झुटले केवल हाम्रो चरित्रप्रति सन्देह मात्र उत्पन्न गर्दैन, दोस्रोका लागि खतरा समेत पैदा गर्छ । झुट बोल्नाले हाम्रो आत्मालाई दुख पुर्याउँछ र निन्दनिय हुन्छ ।
अनुशाषन पर्व: तेस्रो श्रेणी हो, मनद्वारा गर्ने पाप, जसको उल्लेख महाभारतको अनुशाषन पर्वमा गरिएको छ । मानसिक रुपले अरु कसैलाई नराम्रो सोच्नु, कसैलाई मानसिक हिंसा गर्नु ठूलो पाप हो ।
नोक्सान पुर्याउने धारणा: यदि कसैको नोक्सान पुर्याउने धारणाले कुनै काम गरिन्छ वा त्यस्तो प्रयास गरिन्छ भने त्यो पनि महापाप हो ।
वासना: तेस्रो प्रकारको पाप हो, वासाना । कसैप्रति वासनाको भावना राख्नु घृणित विचार राख्नु महापापको श्रेणीमा आउँछ ।
जीवनशैली: उल्लेखित पाप अहिलको जीवनशैलीमा सामन्य बन्दै गएको छ । त्यसले खास महत्व राख्दैन । तर, मन वचन र कर्म कुनै आधारमा अरुलाई नराम्रो सोच्नु, नराम्रो गर्नु पाप हो ।