काठमाडौ । कञ्चनपुरमा ३ वर्षअघि भएको निर्मला पन्त घटनामा संलग्न भएको अभियोगमा एक जनालाई प्रहरीले भारतवाट पक्राउ गरेर ल्याएको बुझिएको छ । निर्मलाको श व फेला परेको ठाउँ नजिकै तरकारी खेतीमा लागेका ति ब्यक्ति भारतीय भएको खुलेको छ । ति ब्यक्तिलाई १५ दिन अघि नै पक्राउ गरेर भारतवाट ल्याएको भए पनि प्रहरीले अनुसन्धान पुरा नगरेका कारण सार्वजनिक गरेको छैन ।

१५ दिनअघि नै नेपाल ल्याइएका भारतीय नागरिक निकाल अलीबारे वृस्तृत अनुसन्धान भइरहेको र अनुसन्धान पुरा भएपछि सार्वजनिक गरिने बुझिएको छ । घटनामा उनको संलग्नता लगभग निश्चित भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

डिएनए परीक्षण भइरहेको र मिलेमा उनलाई सार्वजनिक गर्ने बताइएको छ । निकाल अली निर्मला पन्तको श व फेला परेको ठाउँ नजिकै तरकारी खेतीमा लागेको बताइएको छ । घटनामा उनी संलग्न भए नभएको निक्र्यौल गर्न प्रहरीले तथ्यहरु खोजेको र डिएन रिपोर्टमा भर परेको बुझिएको छ ।

१० साउन २०७५ मा कञ्चनपुरको भिमदत्त नगरपालिकी १३ वर्षीया निर्मला पन्तको घटना भएको हो । उनको श व उँखु बारीमा फेला परेको थियो । ज्यान लिनु अघि उनको कर णी भएको पनि खुलेको छ । पक्राउ परेसंगै तीन वर्ष देखि रहस्यमय बन्दै गएको यो घटनाको केही तथ्य खुल्ने आशा गरिएको छ । घटना पछि अनुसन्धानका क्रममा प्रहरीले दर्जनौं ब्यक्तिलाई पक्राउ गरी सोधपुछ गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय