कपिलवस्तुको बुद्धभूमि नगरपालिका- ३ रनगाईमा ट्याक्टर पल्टिँदा दुई जनाको घ’टना स्थलमा मृ’त्यु भएको छ । लु ४ त २४०२ नम्बरको ट्याक्टर मंगलबार बिहान ७ बजे दु’र्घटना भएको थियो । मृ’त्यु हुनेमा स्थानीय ४८ वर्षिया शिवकुमारी थारू र १६ वर्षिया फुलकुमारी थारू रहेकी इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले जनाएको छ । बलराम सुनार, कृष्ण विक, सरिता थारू र सीमा थारू घाइते भएका र बलरामको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक लीलाराम आचार्यले बताए ।
बालुवा लिनको लागि मजदुर लिएर बुद्धभूमि ४ बुड्ढी जाने क्रममा सडकदेखि करिब ५ मिटर तल खसेर दु’र्घटना भएको हो ।



