काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवा अटो टेम्पोमा सवार भएको तस्बिर सार्वजनिक भएको छ । देउवा मंगलवार सुनसरी पुगेका छन् । उनले सुनसरीमा अटो टेम्पो चढेका हुन् । को धरान उपमहानगर पालिका–६ पानमारामा रहेको फोहोरमैला प्रशोधन केन्द्रको उद्घाटन गरेका छन् ।मंगलवार धरानमा आयोजना गरिएको कार्यक्रममा देउवाले फोहोरमैला प्रशोधन केन्द्रको उद्घाटन गरेका हुन् । त्यसक्रममा देउवाले फोहोर प्रशोधनबाट उत्पादन गरिएको ग्यासबाट सञ्चालित टेम्पोमा चढेर टेम्पोको शुभारम्भ गरे । सुनसरीमा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुन देउवा बिहान धरान पुगेका थिए । धरान उपमहानगर दिवसमा सहभागी भएर उनी मंगलवार नै काठमाडौं फर्किने कार्यक्रम छ ।
यो पनि प्रधानमन्त्री शेरबहादुर देउवा यही पुस २५ गते भारत भ्रमणमा जाने भएका छन् । सानो आकारको प्रतिनिधिमण्डलसहित भारत जान लागेका प्रधानमन्त्री देउवाले त्यहाँ उठाउने एजेण्डाको गृहकार्यमा सरकारका मन्त्रालयहरू जुटिरहेका छन् । दुवैतर्फका परराष्ट्र मन्त्रालयबीच आपसी समन्वयमा तयारी भइरहेकाले भ्रमणको औपचारिक घोषणा भइसकेको छैन ।१० तारिखमा उद्घाटन हुने ‘भाइब्रेन्ट गुजरात’ सम्मेलनमा सम्बोधन गर्न जाने भन्ने भए पनि अहिलेसम्म जाने टिम र मिति तय भइनसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्रीनिकट नेताहरूका अनुसार प्रधानमन्त्री देउवा २५ गते यहाँबाट नयाँ दिल्ली ‘ट्रान्जिट’ बनाएर सिधै गुजरातको अहमदावाद पुग्ने कार्यक्तम रहेको छ ।
त्यहाँ उहाँले ‘भाइब्रेन्ट गुजरात’ सम्मेलनलाई सम्बोधन गर्ने बताइएको छ ।भारतीय समकक्षी नरेन्द्र मोदीसँग उहाँको औपचारिक भेटवार्ता पनि गुजरातमै हुनेछ । अहिलेसम्मको तयारीअनुसार प्रधानमन्त्री देउवाले सीमा समस्याको समाधान, दुईपक्षीय हितका अन्य विषय र पारवहन थप सहज बनाउने विषय उठाउने बताइएको छ ।