न्यु योर्ककी चेल्सी रिट्सचेललाई उनका साथीहरुले २०२१ को जनवरी २ मा आफ्नो नयाँ वर्षको संकल्प, दैनिक १० हजार पाइला हिँड्नु रहेको बताए । उनीहरुले चेल्सीलाई पनि यो प्रतिज्ञामा सहभागी हुन प्रस्ताव गरे जसलाई उनले त्यसबेला नयाँ वर्षको नसामा मग्न रहेकै बेला केही नसोचि ‘हुन्छ’ भनिन् ।चिसो न्युयोर्क शहर त्यस दिन जताततै जमेको देखिन्थ्यो । र रातिको समयमा बिना कुनै गन्तव्य घण्टौँ चिसोमा हिँडिरहनु उनलाई ठीक लागेन । जतिसुकै स्वस्थकर भएपनि जसलाई वाचा गरेको भएपनि उनलाई त्यसो गर्न मन लागेन ।तर आफ्नो आइफोनको हेल्थ एपको एक झलकले उनलाई केही प्रोत्साहन दियो ।

त्यसमा उनले २०२० मा प्रत्येक दिन औसत ५ हजार पाइला हिँडेको देखायो । यसपछि जनवरी र फेब्रुअरी महिनाभरि उनले आधा मनले भएपनि दैनिक १० हजार पाइला हिँड्ने लक्ष्य पूरा गर्ने प्रयास गरिन् ।दैनिक केहीबेर हिँड्न जानु र एउटा निश्चित मात्रा तय गरि त्यसलाई पुर्याउन घण्टौँ हिँड्नुमा धेरै फरक छ । उनलाई पहिले पहिले त्यसो गर्न धेरै नै कठिन भएको थियो । र मार्चसम्म आइपुग्दा उनले पूर्ण रुपमा हार मानिसकेकी थिइन् । तर अगस्टमा आफ्ना तिनै साथीलाई महिनौँपछि देख्दा उनी आश्चर्य चकित परिन् । तिनले २२ किलो तौल घटाएको प्रत्यक्ष देखिन् । यसपछि आफूले वर्षमा पहिलोपटक तौल मापन गर्दा नै उनलाई भित्रैबाट आफ्नो जीवनशैली बदल्न प्रेरणा मिल्यो ।

यसरी अगस्ट ९ मा उनले आफ्नो पहिलो १० हजार पाइला हिँडिन् । तर लगत्तै उनलाई माइग्रेन भएपछि हिँडाइबाट आउनसाथ उनी ढलिन् । दोस्रो दिन पनि सजिलो रहेन । यसमा घरि घरि उनलाई आफूले किन शरीरलाई त्यसरी पीडा दिइरहेको जस्तो महसुस गरिन् । हिँडेकै कारण आफूलाई टाउको दुखेको हुन सक्ने उनलाई शंका लाग्यो ।गर्मी महिना भएकाले पनि घण्टौँ हिँडिरहँदा शरीरमा पानीको स्तरमा कमी आउनेबारे पहिले उनले ख्याल गरेकी रहिनछन् ।त्यसैले पानी सेवनको मात्रा बढाउनासाथ उनको स्वास्थ्य र फिटनेस व्यवहारिक र गर्न सकिने काम बन्न थाल्यो । पहिले शारीरिक व्यायाममा त्यति रुची नराख्ने भएपनि उनले यो लक्ष्य पूरा गर्न सकिने आभास गरिन् ।

यसले उनको मानसिक स्वास्थ्यमा पनि धेरै सुधार ल्यायो भने पाँच महिना दैनिक १० हजार पाइला हिँड्दा उनले झन्डै ७ किलो तौल घटाउन पनि सफल भइन् । सुरुवातमा उनले यो एक्सरसाइजले आफ्नो मानसिकतामा समेत यस्तो सकारात्मक परिवर्तन ल्याउनेछ भन्ने सोचेकी थिइनन् ।तर दिन बित्दै जाँदा उनले यसको प्रभाव महसुस गरिन् । विशेषगरी महामारीको समयमा घरमै बस्नुपर्दाको स्ट्रेसबाट उनले अन्ततः मुक्त भएको आभास गरिन् । बाहिर निस्कनु र शारीरिक व्यायाम गर्नुले उनको मानसिक स्वास्थ्यमा पारेको प्रभाव वास्तवमै उल्लेखनीय रहेको उनले बताइन् । अहिले हरेक बेलुकी ५ः४५ मा उनलाई फोनले ‘तिमी हिँड्दैछौ ?)

यसरी शारीरिक व्यायामबाट सकारात्मक मानसिकता प्राप्त गर्नु उनका लागि एकदमै नयाँ थियो । त्यसैगरी उनलाई निद्रा समयमा लाग्ने अर्को राम्रो प्रभाव परेको पनि बताइन् । यता डायटमा कुनै परिवर्तन नल्याइ आफूले झन्डै ७ किलो घटाउनु पनि उनका लागि अत्यन्तै उल्लेखनीय उपलब्धी थियो ।कुनै समय अलिकति उकालो हिँड्नुपर्दा स्याँ स्याँ हुने उनले अहिले सजिलै सबै किसिमका बाटो छिचोल्न सक्ने पनि बताइन् । विगतमा गरिएका विभिन्न रिसर्च र अध्ययनहरुमा पनि एक्सरसाइज गर्नुले समस्त स्वास्थ्यमा फाइदा पुर्याउने देखाएको थियो । र यसको प्रमाण आफैँले महसुस गरेको चेल्सी बताउँछिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah