नेकपा एकीकृत समाजवादी पार्टीका नेता झलनाथ खनाल अमेरिकी सहयोगसम्बन्धी एमसीसीबारे अध्ययन गर्न सरकारले बनाएको कार्यदलमा छन् । उनीसहित नेपाली काँग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की र नेकपा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ कार्यदलमा छन् । ४ पौषमा बनेको कार्यदलले एमसीसीका बुँदाहरुमा छलफल गरेर निष्कर्ष बुझाउने भएको छ । कहाँ कहाँ संशोधनको आवश्यकता छ र समस्या छ भन्नेबारे सरकारलाई जवाफ दिनेछ । सरकारको कार्यदलमा रहेका एक नेतालाई भने चिनियाँ राजदूत होउ यान्छीले निवासमै पुगेर भेटेकी छिन् । कार्यदलले ठोस निष्कर्षमा पुगेर सरकारलाई सुझाव बुझाउने बेला नजिकिदै गर्दा यान्छीले खनाललाई भेटेकी हुन् । यसलाई अर्थपूर्ण मानिएको छ । यान्छीले फेरि कम्युनिस्ट पार्टीका शिर्ष नेताहरुलाई घरमै पुगेर भेट्न थालेकी छिन् । एमसीसीबारे सत्तापक्षमा निर्णय दिने समय नजिकिदै गर्दा यान्छीले खनाललाई भेट्नुले तरंग ल्याएको छ ।
चिनियाँ राजदूतल एमसीसी सुझाव कार्यदलका झलनाथ खनाललाई किन भेटिन् ?
सवालनेपालसंवाददाताबुधबार, २१ पुस २०७८

चिनियाँ राजदूतल एमसीसी सुझाव कार्यदलका झलनाथ खनाललाई किन भेटिन् ?
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

यो पनि पढ्नुहोस् »
आज सुनको भाउ बढ्यो, चाँदीको घट्यो
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
आज सुनको भाउ बढ्यो, चाँदीको घट्यो
बिहीबार, ३२ असार २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमकमा होटल व्यवसायमा लगानी बढ्दो, मावा पुल नजिक ‘होटल कोजी होम’ सञ्चालनमा
बुधबार, २७ फागुन २०८२



