पाकिस्तानमा पछिल्लो २४ घण्टामा भएका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएका स्थानीय सञ्चारमाध्यमहरुले बुधबार जानकारी दिएका छन् ।पाकिस्ताको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको तल्लो दिर जिल्लामा एउटा एम्बुलेन्स हिउँमा चिप्लिएर नदीमा खस्दाँ चार जनाको ज्यान गएको र छ जना घाइते भएको जनाएको छ । पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको चुनियान सहरनजिकै मुल्तान सडकमा ट्रक पल्टिँदा अर्को एक जनाको मृत्यु हुनुको साथै अर्को एक जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।पाकिस्तानमा प्रायः सडक दुर्घटनाहरु हुने गरेको पाइन्छ । मुख्यतया यहाँ मर्मत नगरिएका सवारी साधनहरू, जीर्ण सडकहरू र सडक सुरक्षा उपायहरूको लापरवाहीका कारण दुर्घटना हुने गरेको पाइन्छ ।
पाकिस्तानमा सडक दुर्घटनामा परी पाँचको मृत्यु, सात जना घाइते
सवालनेपालसंवाददाताबुधबार, २१ पुस २०७८

पाकिस्तानमा सडक दुर्घटनामा परी पाँचको मृत्यु, सात जना घाइते
यो समाचार शेयर गर्नुहोस्:
सम्बन्धित विषयहरू:## दुर्घटना

« यो पनि पढ्नुहोस्
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ

यो पनि पढ्नुहोस् »
लागू औषध सहित ११ जना पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
लागू औषध सहित ११ जना पक्राउ
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमक र बिर्तामोडमा लागूऔषधको डिलर, प्रहरीकै मिलेमतोमा कारोबार हुने गरेको गुनासो
मंगलबार, १६ माघ २०८१
बन्दका कारण मेची राजमार्गमा यातायात सेवा प्रभावित
मंगलबार, १६ माघ २०८१



