बाँकेको निकुञ्ज वरिपरिको वन क्षेत्रमा बाघले आ’त’ङ्क म’च्चा’एको छ । पछिल्ला तीन महिनामा मात्रै बाघले तीन जनाको ज्या’ ‘न लिएको छ । बाघको आ’क्र’म’ण’बाट बिहीबार पनि राप्तीसोनारी गाउँपालिका–४ प्रसोनाकी ५२ वर्षीया लीला विष्टको मृत्यु भएको छ । यसअघि बाँके निकुञ्जको गाभर र नरैनापुरमा दुई जनाको बाघको आ’क्र’म’ण’बाट मृत्यु भइसकेको छ । बाँके निकुञ्जमा बाघको सङ्ख्या बढ्दा छेउछाउका सामुदायिक वनमा बाघ देखिने गरेको बताइएको छ ।
बुधबारमात्रै राप्तीसोनारी–४ बैजापुरकी ३० वर्षीया दुर्गा थारूलाई बाघले आ’क्र’म’ण गरेको थियो । बाघको पञ्जाबाट उम्किएर बच्न सफल उहाँको शरीरका विभिन्न ठाउँमा बाघको न’ङ्ग्रा’ले चो’ट लागेकोे छ । केही दिनअघि राप्तीसोनारीका वडा नं ५ र ६ को जङ्गलमा मोटरसाइकलमा सवार एक शिक्षकलाई बाघले झ’म्टे’को थियो ।
बिहीबार राप्तीसोनारी–४ स्थित स्थानीय जलहन सामुदायिक वनको तीनपाने भन्ने ठाउँमा घाँस का’ट्न गएका तीन जनामध्ये विष्टलाई बाघले आ’क्र’म’ण गरेको थियो । विष्टलाई बाघले आ’क्र’म’ण गरेपछि भागेर आएका दुई जनाले प्रहरीलाई खबर गरेका थिए । प्रहरी घटनास्थलमा जाँदा बाघले विष्टलाई खा’इर’हेको अवस्थामा भेटिएको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताउनुभयो ।
उहाँका अनुसार प्रहरी घटनास्थल पुग्दा बाघले मान्छेलाई खा’इर’हेको थियो । होहल्ला गर्दा पनि नभागेको बाघलाई प्रहरीले दुई रा’उ’ण्ड फा’यर गरेर अलिकति टाढा भ’गाए’र शव लिएर आएको थियो ।
राप्तीसोनारी–४ को क्षेत्रमा केही दिनदेखि बाघको आ’क्र’म’ण बढेको छ । बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले शुक्रबारदेखि नै त्यस क्षेत्रमा हात्तीसहितको टोली पठाएर बाघलाई ल’खे’ट्ने बताउनुभयो । उहाँले स्थानीयवासीलाई पनि सचेत गराउने कार्यक्रम रहेको जानकारी दिनुभयो ।
बाघको सङ्ख्या बढाउनकै लागि स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्जमा यतिबेला बाघको गणना गर्ने कार्य भइरेहेको छ । पछिल्लो गणनाअनुसार बाँकेमा २१ बाघ रहेको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत साहले बताउनुभयो ।










