महिला डाक्टरको सामूहिक बलात्कारपछि हत्या गरेर शव जलाउने चारैजना अभियुक्तलाई पुलिसले त्यही ठाउँमा लगेर इन्काउन्टरमा मारिदिएको छ।हैदराबादको एनएच ४४ हाइवेमा उनीहरुले २७ नोभेम्बरको रात महिला डाक्टरलाई ब’ला’त्का’र गरेर मारेका थिए।
तेलंगना पुलिसले त्यही हाइवेमा चारै जना आरो’पीलाई इन्कान्टर गरिदिएको हो। हैदराबाद पुलिसले चारैजना आरोपीलाई त्यो ठाउँमा लिएर गएको थियो जहाँ महिला डाक्टरको जलेको श’व भेटिएको थियो।
पुलिसले चारैजना आरोपीलाई घट’नाको ‘रिक्रिएशन’ गर्नको लागि त्यो ठाउँमा लिएर गएको थियो।यो इन्काउन्टर शुक्रबार बिहान भएको हो। यसअघि महिला डाक्टरमाथि भएको क्रु’रताविरुद्ध देशभर प्रदर्शन भइरहेको थियो।
मानिसहर सडकमा उत्रिएर महिला सुरक्षाका विषयमा प्रश्न उठाइरहेका थिए। पुलिसका अनुसार घट’नाको रिक्रिएशनका लागि लगिएका चारैजना आरोपीले भाग्ने कोसिस गरेपछि चारैजनालाई गो’ली हा’नेर मा’र्नु’प’रे’को थियो।
पुलिसले आरोपीहरुलाई हैदराबादको केराकुल्ली जे’लमा राखेको थियो।जब पुलिसले आरोपीलाई लिएर पुलिस थाना पुग्यो, मानिसहरुले यो कुरा चाल पाए र एकैछिनमा सयौं मानिसहरुले पुलिस चौकी घेरेका थिए।
त्यसपछि पुलिसले त्यो थानाको सुरक्षा बढाएको थियो र पछि चारैजना आरो’पीहरुलाई हैदराबाद जेल ल्याइएको थियो।चारैजना आरो’पीहरुलाई केराकुल्ली सेन्ट्रल जेलको फरक फरक ब्यारेकमा राखिएको थियो।










