भारतमा लामो समयदेखि परिचित एक खाना हो 'बिर्यानी' । यसको मिठास, वासना र गुण अरु खानाभन्दा फरक रहने गर्दछ । पकवान बिर्यानी नेपालका धेरै रेस्टुरेन्ट तथा घरको भान्सामा पाक्ने गर्दछ । काठमाडौंको प्राय होटल तथा रेस्टुरेन्टमा बिर्यानी पाए पनि असली स्वाद भने दिन सकिरहेका छैनन् । यसको विशेषता, गुण तथा स्वादलाई ध्यानमा राखी सन् २०१८ मा 'हाँडी बिर्यानी' खुलेको हो । भारतको विभिन्न शहरमा स्वाद चखाएको असली मुगल बिर्यानीलाई हाँडी बिर्यानीले आफ्ना ग्राहकमाझ पस्किरहेको छ । डिल्लीबजारबाट सुरु गरिएको हाँडी बिर्यानीले चार वर्षमा यसको असली स्वाद र मुगल खानालाई पारखीहरू माझ पुर्याइरहेको छ । उत्कृष्ट स्वाद र पारखीहरुलाई ध्यानमा राखी हाँडी बिर्यानीले पुस २३ मा आफ्नो पहिलो शाखा ललितपुरको कुमारीपाटीमा खोलेको छ । खानाको गुणस्तर, असली मुगल स्वाद र ग्राहक तथा पारखीको सेवालाई मुख्य ध्यानमा राखी रेस्टुरेन्ट संचालन गरिने हाँडी बिर्यानीका संचालक द्वय प्रोषण नेपाल र पुजन नेपाल बताउँछन् । प्रमुख बजार तथा ब्रान्ड व्यवस्थापक अनुप कक्षपतिले सेवा, गुणस्तर तथा बजार व्यवस्थापनलाई प्रभावकारी रुपमा अघि बढाइने प्रतिवद्धता जनाए ।
ललितपुरको कुमारीपाटीमा खुल्यो हाँडी बिर्यानीको शाखा
सवालनेपालसंवाददातासोमबार, २६ पुस २०७८
ललितपुरको कुमारीपाटीमा खुल्यो हाँडी बिर्यानीको शाखा
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

यो पनि पढ्नुहोस् »
आज सुनको भाउ बढ्यो, चाँदीको घट्यो
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
आज सुनको भाउ बढ्यो, चाँदीको घट्यो
बिहीबार, ३२ असार २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमकमा होटल व्यवसायमा लगानी बढ्दो, मावा पुल नजिक ‘होटल कोजी होम’ सञ्चालनमा
बुधबार, २७ फागुन २०८२



