दाङमा बस दुर्घटना हुँदा नौ महिनाका एक शिशुको मृत्यु भएको छ। दुर्घटनामा परी थप दस यात्रु घाइते भएका छन्। भारतको मोतिहारका असिर आलकका छोरा नानु आलमको दुर्घटनामा परी मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी निरीक्षक भुवन भट्टले घाइते शिशुको उपचारका क्रममा बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको जानकारी दिए। उक्त दुर्घटनामा परी सुर्खेतको छिन्चु नगरपालिका वडा नं. ९ का १७ वर्षीय दिलबहादुर क्षेत्री, रौतहटको पूर्वाह गाउँपालिका वडा नं. ६ का ३४ वर्षीय रामविनायक कुर्मी, पर्साको वीरगञ्ज उपमहानगरपालिका वडा नं. १६ का ३५ वर्षीय रतन शाही, भारत विहारका ४० वर्षीय सन्शात खातुन, सोही ठाउँका एन्डिल आलक, बर्दियाको गेरुवा गाउँपालिका वडा नं. १ का ३८ वर्षीय पूर्णप्रसाद पाण्डे, बाँके कोहलपुर नगरपालिका वडा नं. १८ की ३५ वर्षीया शान्ता वली, हुम्ला तातोपानी गाउँपालिका वडा नं. ७ का ४५ वर्षीय धनबहादुर रावत, सोही ठाउँका ५२ वर्षीय गोरख रावत रहेको घाइते भएको प्रहरीले जानकारी दिएको छ। बसमा कुल २० यात्रु सवार रहेका थिए। घाइतेमध्ये अधिकांश डिस्चार्ज भइसकेका प्रहरीले जनाएको छ। पूर्वपश्चिम राजमार्ग अन्तर्गत लमही-भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका वडा नं. ५ सिसहनियाँस्थित दोलाई खोला नजिक सोमबार बिहान साढे ३ बजेतिर वीरगञ्जबाट सुर्खेत जाँदै गरेको ना ५ ख २०६ नम्बरको बस अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ। बस सडकदेखि झन्डै २० मिटर जति तल खसेको छ। प्रहरी निरीक्षक भट्टले दोलाई खोला पुल नजिकै रहेको खाल्डोको कारण बस दुर्घटना भएको बताए। ‘राजमार्गमै त्यहाँ नजिकै खाडलहरू छन्,’ उनले भने, ‘जसले गर्दा पहिलो पटक आउने सवारी साधन थाहा नपाएर दुर्घटनामा परेको थुप्रै घटनाहरू छन्।’ यसअघि पनि उक्त क्षेत्रमा दुर्घटनाहरू भए पनि सडकका खाडल पुर्न कसैले ध्यान नदिएको उनले गुनासो गरे।
दाङमा बस दुर्घटना हुँदा नौ महिने शिशुको मृत्यु, नौ घाइते
सवालनेपालसंवाददातासोमबार, २६ पुस २०७८

दाङमा बस दुर्घटना हुँदा नौ महिने शिशुको मृत्यु, नौ घाइते
यो समाचार शेयर गर्नुहोस्:
सम्बन्धित विषयहरू:## दुर्घटना

« यो पनि पढ्नुहोस्
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ

यो पनि पढ्नुहोस् »
लागू औषध सहित ११ जना पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
लागू औषध सहित ११ जना पक्राउ
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमक र बिर्तामोडमा लागूऔषधको डिलर, प्रहरीकै मिलेमतोमा कारोबार हुने गरेको गुनासो
मंगलबार, १६ माघ २०८१
बन्दका कारण मेची राजमार्गमा यातायात सेवा प्रभावित
मंगलबार, १६ माघ २०८१



