भारतको हैदराबादमा कोरोना भ्याक्सिन चोरी भएको समाचार बाहिरिएको छ। यहाँको जामबाग युपीएचसीबाट चोरहरूले करिब ६ सय डोज कोभिशिल्ड र कोभ्याक्सिन चोरेका छन् । यति मात्र नभइ चोरहरूले स्टोररुमबाट दुईवटा कम्प्युटर र केही सेनेटरी सामान समेत चोरेका छन्। उनीहरुले अटो रिक्साको टायर पनि चोरेर लगेको बताइएको छ। अस्पतालका कर्मचारीको उजुरीको आधारमा प्रहरीले मुद्दा दर्ता गरेको हो। प्रहरीले मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको बताइएको छ। यो घटना कालीखबर रोडको हो । यो क्षेत्र मीर चोक प्रहरी चौकीअन्तर्गत पर्छ। चोरहरुले स्वास्थ्य संस्थाको ढोका फोडेर भ्याक्सिन चोरेका हुन्। चोरहरुले कोभिसिल्ड २४ र कोभ्याक्सिनको १७ शिशी चोरेका हुन्। चोरिएको भ्याक्सिनमा करिब ६ सय डोज भ्याक्सिन रहेको बताइएको छ। स्वास्थ्य केन्द्रमा घरदैलो खोप अभियानका लागि खोप राखिएको बताइएको छ ।
हैदराबादमा ६ सयबढी डोज कोरोना खोप चोरी
सवालनेपालसंवाददातामंगलबार, २७ पुस २०७८

हैदराबादमा ६ सयबढी डोज कोरोना खोप चोरी
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बाढी र डुवानका कारण झापामा १८ घर परिवार प्रभावित, आठ परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण

यो पनि पढ्नुहोस् »
कोरोना भाइरसको नयाँ रुप जेएन वान पुष्टि भएपछि नाकामा उच्च निगरानी
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बाढी र डुवानका कारण झापामा १८ घर परिवार प्रभावित, आठ परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण
बुधबार, ६ असार २०८१
कोरोना भाइरसको नयाँ रुप जेएन वान पुष्टि भएपछि नाकामा उच्च निगरानी
मंगलबार, २५ पुस २०८०
थप १७ जनामा कोरोना संक्रमण
बुधबार, २७ वैशाख २०८०
७९ करोड ६९ लाख रुपैयाँको हिसाब गोलमाल
बुधबार, १३ वैशाख २०८०
२४ घण्टामा १ सय ३६ जनामा काेराेना सङ्क्रमण पुष्टि
शुक्रबार, १ वैशाख २०८०



