कोरोनाको जोखिमलाई मध्यनजर गर्दै गृह मन्त्रालयले विभिन्न प्रतिबन्धहरु जारी गरेको छ । केही दिनयता लगातार उकालो लागेको संक्रमणदरलाई न्यूनीकरण गर्न मन्त्रालयले प्रतिबन्ध जारी गरेको हो । हिजोको मन्त्रीस्तरीय निर्णयलाई कार्यान्वयन गर्दै गृहले सार्वजनिकस्थलमा भीडभाड हुने सबै प्रकारका कार्यक्रममा रोक लगाउने निर्णय गरेको हो । उसले सार्वजनिक स्थलमा सबै प्रकारका राजनीतिक तथा धेरै जना उपस्थित हुने गरी प्रशासनिक, सामाजिक एवम् त्यस्तो प्रकृतिको कार्यक्रम नगर्न आह्वान गरेको छ । अत्यावश्यक र नियमित कार्यक्रमको हकमा स्थानीय प्रशासनको अनुमति लिएर गर्ने व्यवस्था मिलाउन सकिने बताइएको छ । साथै, उसले अर्को सूचना नभएसम्म सार्वजनिकस्थलमा २५ जनाभन्दा बढी भेला नगर्न र नहुन भनेको छ । सार्वजनिक स्थान, कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदिमा प्रवेश गर्दा अनिवार्य कोरोना विरुद्धको खोप लगाएको कार्ड वा कार्डको फोटोको आधारमा मात्रै प्रवेशको व्यवस्था गर्न पनि सुरक्षा निकाय र तथा प्रशासनलाई गृह मन्त्रालयले निर्देशन दिएको छ । माघ ७ गतेदेखि सार्वजनिक सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य देखाउन पनि गृह मन्त्रालयले भनेको छ । तर, अहिलेसम्म ५० प्रतिशत जनसंख्यालाई पनि पूर्ण खोप लगाइएको छैन । सरकारले खोप नलगाएको अवस्थामा खोप कार्ड देखाएर मात्र सार्वजनिक सेवा प्राप्त गर्न गरिएको आग्रहको सर्वत्र आलोचना भएको छ । उनीहरुले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सबैलाई खोप लगाउन पर्दैन सरकार ? अनि कार्ड चाँही कसरी देखाउने ?’
खोप कार्ड देखाउन गृहको आदेश, सर्वसाधारण भन्छन् : ‘खोप लगाउन पर्दैन ?‘
सवालनेपालसंवाददातामंगलबार, २७ पुस २०७८

खोप कार्ड देखाउन गृहको आदेश, सर्वसाधारण भन्छन् : ‘खोप लगाउन पर्दैन ?‘
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै

यो पनि पढ्नुहोस् »
निजी अस्पतालमा १६ गतेदेखि बीमाले आकस्मिक बाहेकमा काम नगर्ने
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
निजी अस्पतालमा १६ गतेदेखि बीमाले आकस्मिक बाहेकमा काम नगर्ने
बुधबार, १३ जेठ २०८३
आजको मौसमः तराईका धेरै स्थानहरूमा हुस्सु र कुहिरो
आइतबार, १४ माघ २०८१
झापास्थित बिएन्डसी अस्पतालले मेडिकल कलेजको मान्यता पायो
बुधबार, ६ असार २०८१
झापामा स्वास्थ्य बिमा दर्ता सहयोगी आन्दोलित, कार्यालयमा धर्ना दिँदै गरे नाराबाजी
बिहीबार, ३१ जेठ २०८१



