मानिसको नाममा लाखौं करोडौंको सम्पत्ति हुनु अनौठो होइन । तर जनावर तथा चराचुरुंगीको नाममा करोडौंको सम्पत्ति हुनु चाहीँ आश्चर्य नै हो ।यस्तै आश्चर्य छिमेकी मुलुक भारतमा छ । त्यहाँ करोडपति परेवाहरू छन् । पत्यार नलाग्न सक्दछ, तर ती परेवाहरू यति धनी छन् कि उनीहरूको नाममा दर्जनौं पसलहरू, सयौं बिघा जमिन र लाखौँ रुपैयाँ नगद सम्पत्ति छ ।राजस्थानको नागौर जिल्लास्थित जसनगर गाउँमा ती परेवाहरूको नाममा करोडौं रुपैयाँको सम्पत्ति छ ।

परेवाको नाममा २७ वटा पसल, १२६ बिघा जमीन र बैंक खातामा ३० लाख भारु मौज्दात छ । यतिमात्रै होइन ती परेवाहरूको नाममा १० बिघा जमीनमा सञ्चालित ४७० वटा गाई रहेको गौशाला पनि रहेको छ ।वास्तवमा ४० वर्षअघि पूर्वसरपञ्च रामदीन चोटियाको निर्देशनमा दुई उद्योगपतिहरूले उक्त परेवा कोषको स्थापना गरेका थिए ।परेवाको संरक्षण तथा नियमित दानापानीको व्यवस्थाका लागि गाउँमा २७ वटा पसल सञ्चालन गरेर ती पसल पनि परेवाकै नाममा गरिदिएका छन् ।

त्यहीँ कमाइबाट कोषले पछिल्लो ३० वर्षदेखि दैनिक तीन बोरा चारो परेवालाई खुवाउने गरेको छ ।कोषले दैनिक करीब चार हजार भारु खर्च गरेर तीन बोरा धान परेवालाई खुवाउने गर्दछ । गौशालाका गाईका लागि पनि दानापानीको व्यवस्था कोषले गर्दछ । पसलको भाडा, दूध बिक्री तथा कृषि भूमिको भाडाबाट हुने आय पनि परेवा कोषमा दाखेल गरिन्छ । परेवा संरक्षण तथा पालनमा हुने खर्च कटाएर बाँकी रकम बैंकमा राखिएको छ ।

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah