मकवानपुर प्रहरीले लागुऔषध गाँजा बरामद गरेको छ । सोमबार साँझ ६ बजेको समयमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको विशेषटोली र प्रहरी चौकी भैंसेबाट खटिएको प्रहरी टोलीले १८३ केजी गाँजासहित गाँजा ढुवानी गर्ने गाडी र चालकलाई पक्राउ गरेर मंगलबार दिउँसो सार्वजनिक गरिएको छ । भीमफेदी-२, भैंसेस्थित चेकपोष्टमा रोकी सुरक्षाजाँच गर्ने क्रममा पालुङतर्फबाट हेटौंडातर्फ आउँदै गरेको प्रदेश ३-०१-००२२ च ३५५६ नम्बरको पिकअप गाडीमा प्रहरीले गाँजा बरामद गरेको हो । प्रहरीले थाहा नगरपालिका-२ का ३० वर्षीय रामचन्द्र सिन्तानलाई पक्राउ गरेको छ । प्रहरीले बरामद गाँजा, ढुवानी गर्ने गाडीसहित पक्राउ परेका सिन्तानलाई हिरासतमा राखी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
१८३ किलाे गाँजासहित एक पक्राउ
सवालनेपालसंवाददातामंगलबार, २७ पुस २०७८

१८३ किलाे गाँजासहित एक पक्राउ
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

यो पनि पढ्नुहोस् »
आज सुनको भाउ बढ्यो, चाँदीको घट्यो
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
आज सुनको भाउ बढ्यो, चाँदीको घट्यो
बिहीबार, ३२ असार २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमकमा होटल व्यवसायमा लगानी बढ्दो, मावा पुल नजिक ‘होटल कोजी होम’ सञ्चालनमा
बुधबार, २७ फागुन २०८२



