प्रयोगकर्ताबीच लोकप्रिय बनिरहनका लागि माइक्रो ब्लगिङ साइट ट्वीटरले विभिन्न नयाँ फिचरहरू ल्याउने गरेको छ । सोही क्रममा ट्वीटरले आफ्नो एपमा यस्तो नयाँ फिचर थप गर्दैछ जहाँ प्रयोगकर्ताहरुले फोटो तथा भिडियो मार्फत् कुनै पनि ट्वीटमा प्रतिक्रिया जनाउन सक्नेछन् ।ट्वीटरको यो फिचरमा हुबहु टिकटक तथा इन्स्टाग्राम रिल्स जस्तै भिडियो तथा फोटो देखिनेछ ।ट्वीटरले थप गर्न लागेको उक्त नयाँ फिचरको नाम quote tweet with reaction हुनेछ । यो रिट्वीट मेन्यूमा उपलब्ध हुनेछ ।

रिट्वीट मेन्यूमा गएसँगै उक्त ट्याब देखिनेछ र त्यसमा क्लिक गरेर प्रयोगकर्ताले कुनै यस्ता ट्वीटमा रिएक्ट गर्न सक्नेछन् जसमा फोटो तथा भिडियोको मूल ट्वीट एम्बेड हुन्छ । ट्वीटरले यो एक्सप्लोर ट्याब फिचर परीक्षणका लागि गत डिसेम्बरमा केही देशका प्रयोगकर्ताका लागि उपलब्ध गराइसकेको छ ।वास्तवमा टिकटक र इन्स्टाग्राम रिलको नक्कल गर्दै ट्वीटरले quote tweet with reaction नामक टूलको परीक्षण गरिरहेको छ । जहाँ प्रयोगकर्ताले कुनै ट्वीटमा प्रतिक्रिया जनाउँदा अक्षरहरू टाइप गर्नुको साटो एक फोटो वा भिडियोमा ट्वीट कपी एम्बेड गर्न सक्नेछन् । यसका लागि सुरुमा रिट्वीट आइकनमा ट्याप गरेर quote tweet with reaction छान्नुपर्दछ । त्यसपछि आफ्नो प्रतिक्रियात्मक भिडियो तथा फोटो तयार गरी उल्लेखित ट्वीटलाई एम्बेड गरेर पोस्ट गर्न सकिन्छ ।

ट्वीटरका अनुसार हाल ट्वीटरको आइओएस एपमा यो फिचरको परीक्षण भैरहेको छ ।स्मरण रहोस् गतवर्ष ट्वीटरले फि्लट्स नामको एक फिचर अपडेट गरेको थियो । इन्स्टाग्राम स्टोरीज जस्तै उक्त फिचरमा प्रयोगकर्ताले फोटो तथा भिडियोलाई लिएर फि्लट्स गर्न सक्दछन् र त्यो २४ घण्टापछि आफै हराउँदथ्यो । तर ट्वीटरले केही महिनापछि नै उक्त फिचर बन्द गरेको थियो ।

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah