डिभिजन वन कार्यालय लमजुङले बिहीबार बेंसीशहरमा जिल्लास्तरीय वन डढेलो रोकथाम तथा नियन्त्रणसम्बन्धी अन्तरक्रिया गोष्ठी गरेको छ । जिल्लामा वन डढेलोका घटना हुन नदिन तथा घटना भइहालेमा अपनाउनुपर्ने सावधानीको पूर्वतयारीका लागि डिभिजन वन कार्यालयले गोष्ठी गरेको हो । जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी सुशील वैद्यको अध्यक्षतामा भएको गोष्ठीमा डिभिजन वन प्रमुख पूर्णश्वर सुवेदीले वन डढलोको विगतको अवस्था, रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका प्रयासबारे प्रस्तुतीकरण दिनुभएको थियो । डढेलोको विगतको अवस्था हेर्दा जलवायु परिवर्तनसँगै मानवीय कारणले डढेलो बढ्दो रहेको उहाँले बताउनुभयो । ९६ प्रतिशतभन्दा बढी वन डढेलो मानवीय कारणले लाग्ने गरेको सुवेदीको भनाइ छ । यस्ता घटना हुन नदिन प्रत्येक नागरिक जिम्मेवार बन्न जरुरी रहेको उहाँको भनाइ थियो । वन डढेलो जस्ता विपद् घटना नियन्त्रणका लागि सवै निकायले सहकार्य र समन्वय गर्न विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले अनुरोध गर्नुभएको थियो । डढेलो नियन्त्रणका लागि उपभोक्ता समूह तथा स्थानीयमा सम्भावित जोखिमबारे सचेतीकरण गर्नुपर्ने गेष्ठीमा सहभागिको भनाइ थियो । सोही अवसरमा कार्यलयले जिल्लास्थित सुरक्षा निकायलाई डढेलो नियन्त्रणमा प्रयोग हुने सामग्री प्रदान गरेको छ । डिभिजन वनले श्रीजंग गण उदिपुर ब्यारेक, सशस्त्र प्रहरी बल नेपाल गुल्म र जिल्ला प्रहरी कार्यालय लमजुङ लाई ७ लाख ११ हजार ५ सय ४९ रुपियाँ बराबरको सामाग्री प्रदान गरेको हो ।
डढेलो रोकथाम गर्न अन्तरक्रिया
सवालनेपालसंवाददाताशुक्रबार, ३० पुस २०७८

डढेलो रोकथाम गर्न अन्तरक्रिया
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

यो पनि पढ्नुहोस् »
आज सुनको भाउ बढ्यो, चाँदीको घट्यो
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
आज सुनको भाउ बढ्यो, चाँदीको घट्यो
बिहीबार, ३२ असार २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमकमा होटल व्यवसायमा लगानी बढ्दो, मावा पुल नजिक ‘होटल कोजी होम’ सञ्चालनमा
बुधबार, २७ फागुन २०८२



