अस्ट्रेलियाले दोस्रो पटक नाभाक जाकोभिचको भिसा रद्द गरेको छ । शुक्रबार विश्वकै नम्बर एक टेनिस प्लेयरले खोप नलगाएको भन्दै समुदायलाई जोखिम पुर्याउन सक्ने अस्ट्रेलियाले दोस्रो पटक उनको भिसा रद्द गरेको हो । अध्यागमन मन्त्री एलेक्स हकले जोकोभिचको भिसा फेरि रद्द गर्न थप शक्ति प्रयोग गर्दै उनको भिसा रद्द गरेको हो । यसअघि आफ्नो भिसा जोगाउन जाकोभिचले अदालतमा दिएको निवेदनपछि अदालतले उनको भिसा जोगाउन आदेश दिएको थियो । सोमबार उनी हिरासतबाट मुक्त भएका थिए । धारा १३३ को सी ३ को प्रयोग गर्दै जाकोभिचको भिसा रद्द गरेको अध्यागमन मन्त्री हकले बताएका छन् । केही दिनअघि जाकोभिच अस्ट्रेलिया ओपन खेल्न मेलबर्न विमानस्थलमा उत्रेसँगै उनलाई त्यहाँबाटै हिरासत होटेलमा राखिएको थियो भने, उनको भिसा रद्द गरिएको थियो । जाकोभिच गत डिसेम्बर १६ मा कोरोना संक्रमण पुष्टि भएपछि पनि दुई दिनपछि एक अन्तर्वार्तामा सहभागी भएका थिए । उनी कोरोना भाइरसविरुद्धको खोप विरोधीका रुपमा चिनिएका थिए ।
अस्ट्रेलियाले दोस्रो पटक जोकोभिचको भिसा रद्द गर्यो
सवालनेपालसंवाददाताशुक्रबार, ३० पुस २०७८

अस्ट्रेलियाले दोस्रो पटक जोकोभिचको भिसा रद्द गर्यो
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बाढी र डुवानका कारण झापामा १८ घर परिवार प्रभावित, आठ परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण

यो पनि पढ्नुहोस् »
कोरोना भाइरसको नयाँ रुप जेएन वान पुष्टि भएपछि नाकामा उच्च निगरानी
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बाढी र डुवानका कारण झापामा १८ घर परिवार प्रभावित, आठ परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण
बुधबार, ६ असार २०८१
कोरोना भाइरसको नयाँ रुप जेएन वान पुष्टि भएपछि नाकामा उच्च निगरानी
मंगलबार, २५ पुस २०८०
थप १७ जनामा कोरोना संक्रमण
बुधबार, २७ वैशाख २०८०
७९ करोड ६९ लाख रुपैयाँको हिसाब गोलमाल
बुधबार, १३ वैशाख २०८०
२४ घण्टामा १ सय ३६ जनामा काेराेना सङ्क्रमण पुष्टि
शुक्रबार, १ वैशाख २०८०



