गत पुस २३ गते सर्लाहीको बरहथवामा मृत अवस्थामा फेला परेकी एक महिलाको ह’त्यामा सं’ल’ग्न तीन जनालाई आज (शनिबार) प्रहरीले सार्वजनिक गरेको छ। इलाका प्रहरी कार्यलय बरहथवाले घटनामा सं’ल’ग्नहरूलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो। गत पुस १७ गतेबाट वेपत्ता भएकी बरहथवा नगरपालिका–१०, निवासी सुरत रामकी श्रीमती ३२ बर्षकी सावित्री कुमारी महराको घरबाट केही टाढा उखु बारीमा शव फेला परेको थियो।महिलाको शव सोही वडास्थित उखुबारीमा शरीरको विभिन्न भाग जलेको अवस्थामा फेला परेको थियो। घटनामा हरिवन नगरपालिका–१०, ताइवानका २७ वर्षका सन्तोष साह, सोही ठाउँका २७ वर्षकै मुकेश ब्लोन र २२ वर्षका रोहित हजरा सं’ल’ग्न रहेको खुलेको छ।

घ’टनाको अनुसन्धानका क्रममा घ’टनामा उनीहरुको सं’ल’ग्नता पाइएको ईलाका प्रहरी कार्यलय बरहथवाका प्रमुख डिएसपी उमा शंकर यादवले जानकारी दिए।अनुसन्धानबाट मृ’तक महिला र अभियुक्त सन्तोष साहबीच केही समययता प्रेमसम्बन्ध रहेको खुलेको थियो। सोही सम्बन्धका कारण मृ’तक महिलाले अभियुक्त सन्तोषलाई आफूलाई बिहे गर्न (भगाउन) बारम्बार दबाब दिँदै आएकी थिइन्।

विवाहित सन्तोषले भगाउन नसक्ने भएपछि गाउँकै दुई साथीहरुलाई केही पैसा दिने लोभसमेत देखाएर ह’त्या ग’रे’का प्रहरीले जनाएको हो।प्रहरीले घटनामा प्रयोग भएको एक थान मोटरसाईकल तथा घ’टनास्थलबाट बरामद भएको सामाग्री समेत पत्रकार सम्मेलनको क्रममा सार्वजनिक गरेको थियो। मृतक महिलाका श्रीमान् विगत १० बर्षदेखि रोजगारीको शिलशिलामा कतारमा रहेका थिए। उनी गत २ बर्ष पहिला मात्र नेपाल आएर गएका थिए। उनीहरुको १२ र ५ बर्षका दुई छोरा र ८ बर्षकी एक छोरी गरी तीन सन्तान रहेको पारिवारिक स्रोतले जनाएको छ।

यसरी भएको थियो घ’टना

मृ’तक महिलाका श्रीमान् सुरत लामो समयदेखि बैदेशिक रोजगारीमा रहेका थिए। उनले कमाएको पैसाले उनीहरुले पहिलाको घरबाट केही पर केही जग्गा किनेर घर बनाएका थिए। उनले यस पहिला देखि नै आफुले कमाएको पैसा श्रीमतीलाई पठाउँदै आएका थिए।सुरतका अनुसार यस पटक पनि विभिन्न समयमा गरी श्रीमतीलाई दश लाखको हाराहारीमा पैसा पठाइसकेका थिए। जग्गा किन्ने क्रममा जग्गा दलाल गर्ने सन्तोषसँग मृ’तक महिलाका बुवाको चिनजान भएको थियो। सोही चिनजान श्रीमान सुरत हुँदै मृ’तक महिलामा आएर जोडिएको थियो। जग्गा किन्न भनेर मृ’तक महिलाले सन्तोषलाई २ लाख बैना समेत दिएकी थिइन्।

यसरी उनीहरुको नियमित भेटघाट र फोन सम्पर्क भएको प्रहरीको भनाई छ। त्यसपछि उनीहरु नियमित भेट गर्ने विभिन्न काम पर्दा सन्तोष महिलाको घरमा पुग्ने गरेका थिए। मृ’तक महिलाका श्रीमानले पठाएको पैसा उनीहरुले खर्च गरेको देखिएको छ। भेटघाटको समय बित्दै जाँदा महिलाले सन्तोषलाई आफुसँग बिबाह गर्न र भगाउन दबाब दिन थालिन्।मृ’तक महिलाका श्रीमान पनि घर फर्कने दिन नजिकिदै जाँदा उनलाई तनाव बढ्दै गएको थियो। गत पुष १७ गते महिलाले फोनमा सन्तोषलाई आफुलाई भगाउन दवाव दिइन। सन्तोषले पनि हुन्छ भनिदिए।त्यसपछि घ’टनामा सं’ल’ग्न तिनै जना अभियुक्तहरू एक होटलमा बसेर सँगै मदिरा सेवन गरे। सोही क्रममा सन्तोषले साथीहरुसँग आफ्नो समस्या राख्छन्। साथीहरुले महिलाको ह’त्या ग’र्ने उपाय सुझाउँछन्।

त्यसपछि सन्तोषले केही पैसा दिने लोभ देखाएर दुई साथीसँग सहयोग माग्छन्। साथीहरु मुकेश र रोहितले साथ दिने योजना बनेपछि सन्तोषले आफू लिन आउँदै गरेको बताउँदै राति ८ बजेतिर तयार बस्न महिलालाई आग्रह गर्छन्। त्यसपछि उनीहरु महिलाको घरतर्फ हानिन्छन्। पूर्व योजना बमोजिम सन्तोषले दुई जनालाई कटानी स्थित उखुघारीमा लुकेर बस्न अह्राउछन्। आफू महिलालाई लिन जान्छन्।महिलालाई लिएर आएका सन्तोष साथीहरु लुकाएको ठाउँमा आइपुगे पछि पिशाव फेर्ने बहानामा मोटरसाईकल रोकेर उखु घारीतिर लाग्छन्। त्यसलगतै तिनै जना आएर महिलाको मुख र घाँटीमा थिचेर ह’त्या गर्छन्।

त्यसपछि उनीहरुले शव उखुबारीमा फालिदिन्छन्। घटनाको प्रमाण मेटाउने उद्देश्यले उनीहरुले महिलाको कपडा खोलेर राखी मोटर साइकलबाट मिनरल वाटरको बोतलमा पेट्रोल झिक्छन्। सोही पेट्रोल छर्किएर जलाउन खोज्दा उनीहरुसगँ लाइटर नभएपछि फेरी बरहथवा स्थित बजारमा रहेको एक पसलबाट दुईवटा चु’रो’ट र लाइटर किनेर फेरी महिलाको शव भएको स्थानमा पुग्छन्। मोटरसाईकल तयारी अवस्थामा राखेर आ’गो ल’गा’ई उनीहरु त्यहाँबाट फर्कन्छन्। यसरी महिलाको ह’त्या ग’रे’र ज’ला’ए’का उनीहरुले महिलासगँ रहेको ब्याग समेत सँगै लगेका हुन्छन्।

सो ब्याग समेत केही वर सोल्टी गेट नजिकै चेक गर्दा पैसा फेला नपरे पछि ब्याग त्यहीँ फालेर उनीहरु घर फर्कन्छन्। स्थानीयले शव देखेपछि गत पुस २३ गते प्रहरीले घटनास्थलको मुचुल्का तयार गरेर परीक्षणको लागि जिल्ला अस्पताल पुर्‍याउँछन्। घटनाको एक हप्तापछि गत पुस २४ गते सन्तोष साह र २७ गते मुकेश ब्लोन र रोहित हजरालाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah