हिन्दुहरुको आस्थाको केन्द्र हो पशुपतिनाथको मन्दिर । राजधानी काठमाडौंमा रहेको यो मन्दिरमा दर्शन गर्नको लागि बिदेशी तथा स्वदेशी पर्यटकहरुको दिनहुँ भिड लाग्ने गर्छ । पशुपतिनाथको मन्दिर भन्दा तल्लोपट्टि बिरुपाक्ष अर्थात् कलीको मुर्ती त हामीले देखेका नै छौँ । ब्रह्मनाल नजिकै रहेको कलिको उत्पत्ति कसरी भयो ?कलीयुगको सुरु कसरी भयो र कसले बिरुपाक्षको मुर्तिलाई पशुपतिनाथमा स्थापित गरे यो खोजिको विषय हो । तर, यो मूर्ती जमिनबाट पूर्णरुपमा माथि आएपछि संसारको अन्त्य हुने विश्वास गरिन्छ ।बिरुपाक्ष अर्थात‘कलि’ र १२ सय दिव्य वर्षको एक कलियुग । शास्त्रहरुका अनुसार कलियुगको शुरुवात महाभारत युद्ध सकिएको केही वर्ष पछि ३१३७ ईसा पूर्वमा भएको थियो ।

महाभारत युद्ध भएको को ३५ वर्षपछि भगवान कृष्णको देहान्त भएको थियो, त्यसपछि कलियुगको आरम्भ भएको विश्वास गरिन्छ । कलियुगमा भगवान विष्णुको दशौं अवतारको रुपमा कल्किको प्रभाव रहेको विष्णु पुराणमा उल्लेख छ ।भनिन्छ बिरुपाक्षको एकदमै गरीब परिवारमा जन्म भएको थियो । उनको जन्म पश्चात उनका पिता कमाउनका लागि परदेश हिँडे । त्यसपछिका दिनहरुमा उनका आमाले एकदमै दु:ख गरेर पालिन् । जब बिरुपाक्ष विस्तारै बढ्दै गए र घरपरिवारका बारेमा बुझ्ने भए । उनले आमासँग पिताको खोजीमा जाने कुरा बताए । धेरै वर्ष आफूले दु:ख गरेर बढाएको छोराले पनि श्रीमानझैं छोडेर जाने भन्ने कुरा सोचेर आमाले रुदैँ भनिन् ‘छोरा दु:ख सुख मागेर खाउँला त पनि नभए म कसरी बाँचु’।

तर जिद्दी बालक बिरुपाक्षले भने बाँचेको भए साथै लिएर आउँछु मरेको भए दाहसंस्कार गरेर फर्कन्छु तर पिताको बारेमा पत्ता नलागेसम्म फर्कन्न भन्दै आमालाई रुवाउँदै पिताको खोजीमा हिंदछन् ।भनिन्छ, यसरी पिता खोज्न निस्कदा बिरुपाक्षको उमेर सात वर्षको मात्र थियो । धेरै वर्ष बितिसक्दा पनि बिरुपाक्षले आफ्नो पिताको बारेमा केही थाहा पाउँदैनन् । उनी सोच्छन् मरेकै भए पनि पिताको दाहसंस्कार गर्नैपर्छ र आमालाई पनि यही बचन दिएको छु । यसरी खोज्दै जाने क्रममा बालक बिरुपाक्ष तरुनो भइसक्छन् । उनी १७ वर्षको जवान भइसक्दा पनि पिताको बारेमा केही पत्तो लगाउन सक्दैनन् ।

एक रात जंगलको बाटो हिडिरहँदा उनी एउटा ओडारमा बास बस्न पुग्छन् । त्यो ओडारमा एक जना अधवैशे महिला पनि हुन्छिन् । रात छिपिप्दै जाँदा उनीहरुबीच यौन सम्पर्क हुन्छ । उनकी आमा पनि लामो समयसम्म छोरा र श्रीमन नआएछि उनीहरुको खोजीमा निस्केकी हुन्छिन् । संयोगवश त्यो रात उनीहरुको ओडारमा भेट हुन्छ । अध्यारोमा एक अर्काबीच चिनजान नभएपछि यौवनले उन्मात बिरुपाक्ष र यौवन नओइलाएकी अधवैशे आमाबीच सम्भोग हुन पुग्छ । अध्यारोमा एकले अर्कौलाई चिन्दैनन् । एउटै ओडारमा फरक फरक प्रयोजनका लागि एक रातको बास बसेका हुन्छन् ।भोलिपल्ट छुट्टिने बेलामा कोसँग रात बिताएको रहेछु भनेर बुझ्न खोज्दा उनले त आमासँग यौन सम्पर्क गरेका हुन्छन् ।

यो थाहा पाएपछि आफूले आफैलाई धिर्काछन् । आफूलाई सम्झाउन जसो गरी पनि नसकेपछि आफ्नो गल्ती प्रयाश्चित गर्नका लागि पशुपतिनाथसँग उपाय माग्न पशुपति आइपुग्छन् । उनले पशुपतिनाथसँग पापबाट मुक्त गराइदिन अनुरोध गर्दछन् ।तर भाँङ खाएर लठ्ठिएका शिव तथा पशुपतिनाथले उनलाई १२ धार्नी तामा तताएर पिएपछि सबै पाप नाश हुने बताउँछन् ।यसरी, बिरुपाक्ष आफ्नो पापबाट मुक्त हुने विश्वासका साथ १२ धार्नी तामा तताउन थाल्छन् । ठोस तामा तताएर पिउन तयार हुँदै गर्दा तामा तात्यो कि तातेन भनेर भाँडाको ढकन खोलेर हेर्न खोज्दा तातो तामाको रापले बिरुपाक्षको अनुहार सबै डड्छ ।

भनिन्छ, यसरी अनुहार डडेकै कारण उनको नाम कुरुप अर्थात बिरुपाक्ष रहन गएको हो । गाँजा र भाङले मातेका पशुपतिनाथले आफूले गरेको अनजान गल्तीको बदलामा आफूलाई मार्न खोजेको भन्दै पशुपतिनाथलाई गाली गर्न थाल्छन् । शिवको मुर्तीमा लात हान्दै गाली गर्दै नदी किनारमा बस्छन् ।त्यसैगरी, एक दिन उनी शिवजीको निन्दा गर्दै हिड्दा भगवान बुद्धलाई देख्छन् र आफूले गरेको गल्तीको प्रयाश्चित गर्दै पापबाट मुक्त हुने उपाय बताउनका लागि विन्ती गर्दछन् । बुद्धले आफूले लगाएको बोधीचित्तको माला फुकालेर दिँदै उनलाई यो माला तबसम्म गन्नु जबसम्म खुइलिदैन भन्छन् ।

त्यसपछि उनी माला लिएर अहिलेको कलिको मूर्ती जहाँ छ त्यही बसेर माला गन्न थाल्छन् । महिना दिनसम्म बितिसक्दा पनि माला नखुइलिएको देखेर उनलाई बुद्धसँग पनि रिस उठ्छ र माला फालिदिन्छन् । त्यसैबखत उनले त्यहाँ एउटा फाटेको कपडा लगाएको बालकले ढुङ्गामा फलाम घोटिरहेको देख्छन् । उनलाई त्यो दृश्य बडो अचम्म लाग्छ र बालकलाई सोध्छन् ‘किन यसरी फलाम घोटिरहेका छौं ।’ ‘मेरो कपडा च्यातिएको छ, म फलामको पाता घोटेर सियो बनाउँछु र कपडा सिलाउँछु ।’ बालकले भन्यो ।

भनिन्छ त्यो बालक बुद्धको अर्को रुप थियो । कलिको मूर्तीको अगाडि घाटको दाहिने पट्टी अहिले पनि बुद्धको छापको पाइला देख्न सकिन्छ । बालकको त्यो धैर्यता र आँटदेखी कायल भएका बिरुपाक्ष पुन: उही स्थान गएर माला गन्न थाल्छन् । एक दिन त्यो माला खुइलिने विश्वास लिन्छन् । तर उनले महादेवको निन्दा गरेको र लामो समयसम्म पशुपति परिसरमा बसेकै कारण माला गन्दै गरेका बिरुपाक्षलाई पशुपतिनाथका भक्तहरुले जमिनमुनि गाडिदिन्छन् ।

यसरी बिरुपाक्षले आमासँग सम्भोग गरेपछि कलियुगको सुरुवात भएको हो र त्यसरी नै बिरुपाक्षलाई कलिको नामले चिनिन थालिएको हो । गाडिएको उनको मूर्ती ब्रह्माको समय अनुसार जब पृथ्वीबाट बाहिर निस्कन्छ तब बिरुपाक्षले पशुतिनाथमा बसेर आफ्नो गल्तीको प्रयाश्चित गर्दा गर्दै मान्छेहरुले आफूलाई जमिनमुनी गाढेको रिसका कारण पृथ्वीबासीसँग उनले बदला लिनेछन् । त्यसैबेला शिवजी आएर उनको अन्त्य गर्नेछन् । र, कलीयुगको समाप्त भई पुनः सत्य युगको सुरुवात हुनेछ भन्ने धर्म ग्रन्थमा उल्लेख छ ।

धार्मिक ग्रन्थको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah