
केबि महरा/ कैलाली
जिल्लाको घोडाघोडी नगरपालिका वडा न:१२ मा अवस्थित घोराही सामुदायिक बन उपभोक्ता समुहको ईलाका नजिकका क्षेत्र भित्र काठ तस्करहरुले खुलेयाम काठ चोरी गर्ने गरेको पाईएको छ ।
तस्करहरुले रातको समयमा गोरुगाडाको प्रयोग गरि काठ चोर्ने गरेको पाईएको हो !अचम्म त योछकी उक्त बिसयमा सम्बन्धित सामुदायिक बन भने अंझै सम्म बेखबर रहेको छ ।
जंङ्गलको भित्री भागमा दुई ओटा सालको काँचो रुख काटेर तस्कर गरिएको भेटिएको छ । रातको समयमा मात्र तस्कर गर्ने हुँदा सालको गोलिया काटी थप काठ ओसार्न तयारी अवस्थामा राखिएको भेटिएपनी बन समुदायले भने कुनै प्रवाह गरेको छैन ।
यस अघिका बर्षहरुमा यो क्षेत्रमा आउने ईलाका बनका नियमन अधिकारीले नियमित घुम्ती अनुगमन गर्ने गरेको भएपनी हाल भने कोहि कसैले यस तर्फ ध्यान दिएका छैनन्।