नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएकाे छ ।
प्रति ताेलामा सय रुपैयाँले बढी ९२ हजार ६०० रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । हिजाे ९२ हजार ५०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार एक सय रुपैयाँ ताेकिएकाे छ । सुनकाे मूल्य बढ्दा चाँदीकाे भने स्थिर रहेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार २५५ मा कारोबार भएको थियाे । आज पनि सोही मूल्यमै काराेबार भइरहेकाे महासंघले जनाएकाे छ।



