जनकपुरधाम, प्रदेश २ को नाम मधेस प्रदेश राखेको विरोधमा जनकपुरधाममा युवाहरुले प्रदर्शन गरेका छन् । प्रदेशसभामा भएको गोप्य मतदानबाट दुई तिहाइभन्दा बढी मतसहित मधेस प्रदेश नामाकरण भएपछि मंगलबार त्यसको विरोधमा यहाँका युवाहरुले सांसदहरुको पुतला दहन गरेका हुन् । २२ जिल्लाको मधेश रहेपनि ८ जिल्लालाई मधेश नामाकरण गरिएकोमा आपत्ति जनाउँदै विरोध गरिएको छ । युवा अभियन्ता सुशील कर्णको अगुवाइमा जनकपुरधामस्थित जानकी चोकमा युवाहरुले ‘८ जिल्लालाई मधेश प्रदेश मान्दैनौँ, प्रदेशको नाम मिथिला भोजपुरा कायम गर’ भन्दै पुतला जलाएका छन् । कर्णले आफू पनि मधेस आन्दोलनमा अग्रपंक्तिमा रहेको र त्यसकै कारण ५ वर्ष भन्दा बढी समयसम्म मुद्दा खेपेको भन्दै उनले ८ जिल्ला मधेस प्रदेश मान्य नहुने बताए । उनले ८ जिल्लाको पहिचान मिथिला भोजपुरा रहेकाले सोही पहिचानको आधारमा प्रदेशको नाम हुनुपर्ने माग गरे । कर्णले २२ जिल्लालाई मधेस प्रदेश कायम गरे मात्र आफूहरुलाई स्वीकार्य हुने बताए ।
आठ जिल्लालाई मधेस प्रदेश घोषणा गरेको भन्दै जनकपुरधाममा सांसदको पुतला दहन
सवालनेपालसंवाददातामंगलबार, ४ माघ २०७८

आठ जिल्लालाई मधेस प्रदेश घोषणा गरेको भन्दै जनकपुरधाममा सांसदको पुतला दहन
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

यो पनि पढ्नुहोस् »
आज सुनको भाउ बढ्यो, चाँदीको घट्यो
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
आज सुनको भाउ बढ्यो, चाँदीको घट्यो
बिहीबार, ३२ असार २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमकमा होटल व्यवसायमा लगानी बढ्दो, मावा पुल नजिक ‘होटल कोजी होम’ सञ्चालनमा
बुधबार, २७ फागुन २०८२



