स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिन नसकेपछि प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिलाई गुहारेको छ । स्वास्थ्य मन्त्रालयले आवश्यक जोखिम भत्ता अर्थ मन्त्रालयसँग माग गर्नुपर्नेमा ६ महिनादेखि दिन नसकेको भन्दै अर्थ मन्त्रालयसँग समन्वय गरिदिन समितिलाई आग्रह गरेको हो । ‘उहाँहरूलाई ५० प्रतिशत भत्ता दिने भनिएको छ । तर, के कुरा थियो । असारसम्म मात्रै दिन सकेका छौं,' सचिव पोखरलले भने । यस्तै असारअघिको भत्ता पनि दिन बाँकी रहेको उनले बताए । साथै समितिले समन्वय गरिदिनुपर्ने उनको आग्रह थियो । यससम्बन्धी सबै प्रक्रिया पूरा गरेपछि भत्ताको लागि अर्थ मन्त्रालयमा भत्ता माग्ने गरेको उनले बताए । समिति सभापति जयपुरी घर्तीले भने जवाफको क्रममा अर्थ मन्त्रालयसँग यस विषयमा समन्वय गरिने बताइन् ।
जोखिम भत्ता दिन नसकेपछि स्वास्थ्य मन्त्रालयले गुहार्यो संसदीय समिति
सवालनेपालसंवाददातामंगलबार, ४ माघ २०७८
जोखिम भत्ता दिन नसकेपछि स्वास्थ्य मन्त्रालयले गुहार्यो संसदीय समिति
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

यो पनि पढ्नुहोस् »
आज सुनको भाउ बढ्यो, चाँदीको घट्यो
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
आज सुनको भाउ बढ्यो, चाँदीको घट्यो
बिहीबार, ३२ असार २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमकमा होटल व्यवसायमा लगानी बढ्दो, मावा पुल नजिक ‘होटल कोजी होम’ सञ्चालनमा
बुधबार, २७ फागुन २०८२



