ज’बरज’स्ती क’रणी गरेको कसुरमा खोटाङमा दुई जना पक्राउ परेका छन् । १६ वर्षीय बालिकालाई ज’बरज’स्ती क’रणी गरेको कसुरमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका ३२ वर्षीय प्रकाश हिङमाङ र ४० वर्षकी महिलालाई ज’बरज’स्ती क’रणी गरेको कसुरमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका ४५ वर्षीय धनकाजी राईलाई प्रहरीले पक्राउ गरेको हो । प्रतिवादी हिङमाङले गत २५ पुस साँझमा छिमेकीको घरमा पितृ कार्य (श्राद्ध)को निम्तो मानेर एक्लै घर फर्कँदै गरेको मौका छोपेर डर र धाकधम्की देखाएर बालिकामाथि ज’बरज’स्ती गरेको प्रहरीले जनाएको छ ।

पीडित बालिकाका आफन्तले १० माघमा किटानी जाहेरी दिएपछि लुकिछिपी बसिरहेको अवस्थामा हिङमाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सागर शाहले बताए । प्रतिवादी राईवि’रुद्ध घरमा कोही नभएको मौका पारेर महिलामाथि ३० पुस बिहान ११ बजेको समयमा ब’ला’त्कार गरेको अभियोग छ । फोनमार्फत महिलामाथि ज’बरज’स्ती ज’बरज’स्ती ब’ला’त्कार गरेको जानकारी प्रहरीचौकी तालखर्कमा आएपछि खटिएको प्रहरीको टोलीले राईलाई पक्राउ गरेको हो ।

ज’बरज’स्ती क’रणीका दुवै अभियुक्तविरुद्ध जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिएर हि’रासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जारी गरेको प्रेस–विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर