काठमाडौं । चलचित्रका केही कलाकारलाई छाड्ने हो भने अहिले अधिकांशको आम्दानीको स्रोत म्युजिक भिडियो बनेको छ । कोरोना महामारी शुरु भएयताको दुई वर्षमा चलचित्रका कलाकारहरुले म्युजिक भिडियोमा अभिनय गरेर लाखौं आम्दानी गरेका छन् ।अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले शुरुमा म्युजिक भिडियोमा काम गर्न खासै रुचि देखाएकी थिइनन् । तर, दोस्रो चरणको लकडाउनपछि भने उनले भिडियोमा काम गरिन् ।

साम्राज्ञीले आमा नेहा आरएल शाहको गीत ‘तिमी र म’मा काम गरिन् । यो गीतमा उनले आफ्ना पूर्वप्रेमी देवांश राणासँग काम गरेकी थिइन् । तर, यो गीतले दर्शकको साथ भने खासै पाएन ।साम्राज्ञीलाई नै लिएर ट्री इन्टरटेन्मेन्टले ‘माया पिरिम’ बोलको गीत तयार पा¥यो । तीन महिनाअघि सार्वजनिक यो गीतको भिडियोमा साम्राज्ञीले काम गरिन् । तर, यो गीतले पनि साम्राज्ञीलाई राहत दिएन । यो गीतको भिडियोमा काम गर्नका लागि उनले चार लाख रुपैयाँ हाराहारीमा पारिश्रमिक बुझेकी थिइन् । तर, उनका लागि निर्माताले खर्च गरेको पैसा बालुवामा पानी जस्तै भयो ।

यो गीत पनि नचलेपछि साम्राज्ञीलाई महंगो रकम दिएर भिडियोमा खेलाउन मेकरले खासै इच्छा देखाएनन् । साम्राज्ञीको बोल्ड दृश्य रहेको ‘प्रभाव’ बोलको गीतको भिडियोले पनि खासै कमाल देखाएन । जसको प्रभाव उनको मागमा देखियो । भिडियो नै नचलेपछि साम्राज्ञीलाई लिएर भिडियो बनाउन निर्माताहरु अनिच्छुक देखिएका छन् । साम्राज्ञी विभिन्न कारणले पनि बेलाबेलामा विवादित बन्ने गरेकी छन् । उनको बालीको तस्वीर, ट्याटु काण्ड, उनका विभिन्न अभिव्यक्तिलाई लिएर आलोचना हुँदा यसको असर साम्राज्ञीको काममा पनि परेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय