
काठमाडौ । सामान्य विवादका क्रममा युवाहरुको समुहले एक जनाको का’न काटि दिएका छन् । यो घटना मोरङको सुन्दरहरैंचा नगरपालिका–१२ विराटचोकमा भएको हो । केही युवाहरुबीच आ गो ताप्ने क्रममा वि वा द हुँदा सो घटना भएको हो । दुई युवकले ट्रक चालकको कान का टे का छन्।प्रहरीका अनुसार उनीहरूले प्रदेश१–००१ख ८१८९ नम्बरको ट्रकका चालक ५२ वर्षीय बोधविक्रम मुखियाको देब्रे का’न का टे का हुन्। मोरङकै उर्लाबारी नगरपालिका ७ का उनको अहिले विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ।
ट्रक रोकेर विराट चोकस्थित एक होटलमा राति खाना खा ई सडकमा बालिएको आ गो ताप्न गएका चालक मुखिया र ती युवकबीच वि वा द भएको थियो। सामान्य वि वा दकै क्रममा दुई युवाहरुले ट्रक चालकलाई घाइते बनाएका थिए । घटना पछि ति युवा फ रा र भएका छन् । प्रहरीले उनीहरुको खोजी गरिरहेको जनाएको छ ।
यो पनि, माघ १२ गते हुने राष्ट्रिय सभाको निर्वाचनका लागि मधेश प्रदेशका विपक्षी दलहरु नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०बीच तालमेल हुने भएको छ।राष्ट्रिय सभाका १९ जना सदस्यहरु चुन्न माघ १२ गते निर्वाचन हुँदैछ। मधेश प्रदेशबाट राष्ट्रिय सभामा चुनिने २ सदस्य ९अन्य र महिला०का लागि दुवै पार्टीले भागबण्डा गरेका हुन्।अन्य तर्फको सदस्यमा एमाले र महिला तर्फको उम्मेदवारमा लोसपाका उम्मेदवारलाई मतदान गर्ने २ पार्टीबीच सहमति भएको छ। प्रदेशबाट अन्यमा एमाले उम्मेदवार उसमान अंसारी र महिलामा लोसपाका उम्मेदवार रुपा कुमारी यादव छन्।
एमाले प्रदेश कमिटी अध्यक्ष राम औतार यादव र लोसपाका मधेश प्रदेश समिति अध्यक्ष जितेन्द्र सोनलले संयुक्त प्रेस वक्तव्य जारी गर्दै चुनावी तालमेल भएको जानकारी दिएका छन्।