एजेन्सी । कोरियोग्राफर रेमो डिसुजाको परिवारबाट दुखद खबर बाहिर आएको छ । रेमो डिसुजाको सालो मृ त फेला परेका छन् । रेमोकी श्रीमती लिजेल डिसुजाका भाइ जेसन वाटकिन्सको निधन भएको छ । उनी आफ्नै घरमा मृ त फेला परेका थिए । तर, रेमो र उनकी श्रीमती लिजेलले उनको मृत्युको बारेमा अहिलेसम्म कुनै बयान जारी गरेका छैनन् । भारतीय मिडियाका अनुसार रेमोका साला जेसन वाटकिन्स मुम्बईको आफ्नो अपार्टमेन्टमा मृ त फेला परेका थिए । तर, मृत्युको कारण भने अझै खुल्न सकेको छैन । प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार जेसन वाटकिन्सले आफै मृत्युको निर्णय लिएको अनुमान गरिएको छ ।

भारतीय प्रहरीलाई उल्लेख गर्दै अमर उजालाले लेखेको छ स्थानियले पुलिसलाई सूचित गरे र वाटकिन्सलाई नजिकैको अस्पतालमा लगियो जहाँ उनलाई मृ त घोषित गरियो। प्रारम्भिक जानकारीको आधारमा, ओशिवारा पुलिसले यस मामिलामा दुर्घटना मृत्यु भएको भन्दै निवेदन दर्ता गरेको छ किनकि केहि पनि शंकास्पद भेटिएको छैन, ।फिल्म निर्माता रेमो डिसुजाका साला जेसन वाटकिन्स बिहीबार मुम्बईको मिल्त नगरस्थित उनको घरमा मृत फेला परेका थिए । यो जानकारी दिँदै एक प्रहरी अधिकारीले भने, ‘प्रारम्भिक अनुसन्धानका अनुसार वाटकिन्स घरमा एक्लै थिए । उनका आमाबुवा औषधि किन्न बाहिर गएका थिए र फर्कँदा उनीहरूले छतमा झु ण्डि एको अवस्थामा फेला पारे।

४२ वर्षीय वाटकिन्स केही स्वास्थ्य सम्बन्धी समस्याबाट ग्र सि त थिए जसका कारण उनले यो कदम चालेको हुनसक्छ, तर घटनास्थलबाट कुनै नोट फेला परेको छैन।यस विषयमा रेमोको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन । लिजेलले पनि यसबारे सीधै कुनै जानकारी दिएकी छैनन् तर उनले आफ्नो भाइको केही तस्विर शेयर गर्दै निकै भावुक कुरा लेखेकी छिन् ।

लिजेलले आफ्नो भाइ जेसन वाटकिन्सको तस्बिर सेयर गर्दै लेखेकी छिन्, ूकिन ? तिमीले मलाई यो कसरी गर्न सक्छौ ? (म) तिमीलाई कहिल्यै माफ गर्दिन।ू यसपछि उनले आफ्नो बाल्यकालको अर्को तस्बिर सेयर गर्दै लेखिन्, ‘किन’। लिजेलले आमासँग अटोमा बसेको जेसनको तस्बिर सेयर गर्दै माफी मागेकी लेखिन् । (मलाई) माफ गर्नुहोस् आमा, मैले तपाईलाई असफल गरें।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah