काठमाडौं । दुई सय करोड भारुको ‘मनी लाउण्ड्रिङ’ मुद्दामा नाम मुछिएपछि बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज केही महिनायता तनावमा छिन् ।केही समयअघि दुबई जान लागेको बेला मुम्बई विमानस्थलबाटै फर्काइएकी ज्याकलिनलाई अब एक साउथ चलचित्रबाट समेत निकालिएको छ । उनी निरन्तर विवादमा आएपछि चलचित्र ‘द घोस्ट’बाट निकालिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
निरन्तर विवादित हुनु र प्रेमी चन्द्रशेखरसँगको अन्तरंग तस्वीर बाहिरिएपछि ज्याकलिनलाई अन्य चलचित्रबाट समेत अफर आउन छाडेको छ ।‘द घोस्ट’मा ज्याकलिनको साथमा साउथ स्टार नागार्जुन मुख्य भूमिकामा रहने बताइएको थियो । तर, अब उनको ठाउँमा सोनल चौहानलाई भित्र्याइएको छ ।



