
दोलखाको शैलुङ गाउँपालिकाले १४ किलोको मूला उत्पादन गर्ने कृषकलाई पुरस्कृत गरेको छ। शैलुङ–१, दूधपोखरी ठेकलका कृषक पदमबहादुर घिसिङले १४ किलोको मूला फलाएर सबैलाई चकित पारेको पालिकाले पुरस्कृत गरेको अध्यक्ष भरत दुलालले जानकारी दिए । अध्यक्ष दुलालले कृषक तामाङलाई गाउँपालिकामै बोलाएर सात हजार रुपैयाँ नगदसहित सम्मान गरेको खबर गोरखापत्रमा छापिएको छ
थप समाचार :भारतको पश्चिम बंगालका एक जोडीले कोभिड नियन्त्रणका लागि सरकारले तोकेका सुरक्षा नियमहरू उल्लंघन नगरिकनै सानदार रात्रि भोजका साथ आफ्नो विवाह सम्पन्न गर्ने गजबको जुक्ति निकालेका छन् ।सन्दीपन सरकार र अदिती दासबीच यही २४ जनवरीमा विवाह हुँदैछ । उनीहरूले ४५० जना पाहुना आमन्त्रण गर्ने योजना बनाइसकेका छन् । उनीहरूले आफ्नो विवाह कार्यक्रममा गुगल मिटमार्फत सहभागी हुन आग्रह गर्नेछन् । साथै प्रत्यक सहभागी पाहुनालाई जामातो अनलाइन मार्फत स्वादिष्ट खाना पुर्याइने छ ।
सन्दीपनकाअनुसार उनीहरूले गत वर्ष नै विवाह गर्ने योजना बनाएका थिए । तर कोरोना महामारी तगारो बन्यो । यसपालि पनि स्वास्थ सुरक्षालाई मध्येनजर राख्दै सरकारले पाहुनाको सीमा संख्या २०० तोकेपछि बुद्धवान निवासी यस जोडीले गुगल मिटको सहारा लिन खोजेका हुन् ।पाहुनाहरूले आरामसँग आफ्नै घरमा बसेर जोमातोमार्फत पठाइएको परिकार खान्दै भिडियो कन्फ्रेसिङ प्लेटफर्म प्रयोग गरेर विवाह कार्यक्रमको लाई टेलिकास्ट पनि हेर्न सक्ने छन् ।अठाइस वर्षीय सन्दीपनले कोरोना समस्याको कारण चार दिने अस्पताल बसाइको क्रममा आफूलाई डिजिटल विवाहको जुक्ति सुझेको एनडीटीभीलाई बताएका छन् ।
उनको यस गजबको विवाहमा करिव १ सय देखि १२० जना पाहुनाको मात्र प्रत्यक्ष सहभागिता रहनेछ । बाँकी करिब ३ सय जना भन्दा बढीले डिजिटल सहभागिताबाट रमाइलो गर्नेछन् ।कार्यक्रमको एकदिन अघि नै प्रत्येक अतिथिलाई कार्यक्रम हेर्नका लागि लिङ्क र पासवर्ड पठाइने छ ।