काठमाडौं । विगत ७ वर्षदेखि गुणस्तरहीन मह उत्पादन गरेर देशका विभिन्न सहरमा विक्री गर्दै आएका एक व्यक्ति पक्राउ परेका छन् । महानगरपालिका वडा नं. २७ ज्याठा बस्ने नतिजा प्याकेजिङका सञ्चालक नर बहादुर श्रेष्ठलाई मिसावट गरी गुणस्तरहीन मह बनाइ रहेको अवस्थामा पक्राउ गरिएको हो ।गुणस्तरहीन (डुब्लिकेट) मह बनाउनको लागि प्रयोग गरिने बिभिन्न प्रकारका सामाग्री, मेसिन, केमिकलहरु र गुणस्तरहिन ७ हजार ६ सय किलो तयारी तथा कच्चा मह समेत बरामद गरी कारवाहीका लागि महानगरीय प्रहरी परिसर, टेकुमा पठाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

प्रहरीका अनुसार उनले बिगत ७ बर्ष श्रीमती रस्मिला श्रेष्ठको नाममा नतिजा प्याकेजिङ सञ्चालन गरी गुणस्तरहिन मह बनाई बिक्री बितरण गर्दै आएका थिए । नतिजा प्याकेजिङको नाममा कम्पनि दर्ता गरी स्पर्स हनिको ब्राण्डमा मह विक्री गरेको पाइएको हाे ।प्रहरीले प्राप्त सूचनाका आधारमा अप्रेसन हनी संचालन गरेको थियो । स्पर्स हनी खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभाग, बबरमहल, काठमाण्डौमा परिक्षण गर्दा एचएमएफ र एफ जी रेसियोको मात्रा नेपाल सरकारको लागि तोकिएको अनिबार्य गुणस्तर अनुरुप नरहेको र मह खान योग्य नरहेको पाइएको हो ।

श्रेष्ठले गुणस्तरहीन मह काठमाडौं, भक्तपुर र पोखराका होटेल, रेष्टुरेण्टहरुमा थोक तथा खुद्रा बिक्री बितरण गर्ने गरेको प्रहरीले जनाएको छ । मह बनाउन प्रयोग हुने कच्चा पदार्थ दाङ, नवलपरासी र चितवनबाट खरिद गरी गुणस्तरही मह बनाई प्रति किलाे ६ सय ५०मा बिक्री बितरण गर्दै आएको बुझिएको छ उनले सञ्चालन गरी आएको स्पर्स हनी भन्ने ब्राण्ड दर्ता समेत देखिदैन । मह बनाउनको लागि ३० प्रतिशत ग्लुकोज, ३० प्रतिशत चिनी र बाँकी ४० प्रतिशत मह बनाउन प्रयोग हुने कच्चा पदार्थ मिसावट गरी बनाउने गरेको प्रहरीले खुलासा गरेको हो।

प्रहरीले श्रेष्ठबाट गुणस्तरहीन तयारी मह ६ सय किलो, कच्चा तथा गुणस्तरहीन मह ६ हजार ५ किलो, ग्लुकोज ५ सय किलो, चिनी एक सय किलो बरामद गरेको छ । त्यसैगरी वेट मेसिन, लेभल मेसिन, सिल मेसिन, पेट्राइज मेसिन, स्टोरेज मेसिन, स्पर्स हनीका लेभलहरु ( स्टिकर ) र पेट जार करीब १ हजार पिस बरामद गरिएको छ । उपत्यका र देशका विभिन्न स्थानमा नक्कली एवं गुणस्तरहीन मह बिक्री बितरण भैरहेको पाईएकोले सहज रहने प्रहरीले अपिल गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah