पिरो मरिचलाई खानेकुरामा एकदमै कम प्रयोग गरिन्छ। हामी कुनै विशेष खाना वा चियामा मरिचको प्रयोग गर्छौँ। यसलाई खानाका परिकारमा मात्र प्रयोग नगरी विभिन्न घरेलु औषधिका रुपमा पनि प्रयोग गरिन्छ। पेट, छाला र हाडसँग जोडिएका समस्याहरुका लागि मरिच धेरै नै प्रभावकारी मानिन्छ। मरिचका बारेमा हामीलाई थुप्रै कुराहरु थाहा नहुन सक्छ। आज तपाईलाई हामीले मरिचका फाइदाका बारेमा केही जानकारी गराउँदै छौँ पेट भित्रका किटाणुहरु नष्ट गर्छः मरिचलाई मोही वा किसमिससँग मिसाएर पिउँदा पेट भित्रका अनावश्यक किटाणुहरु भगाउन सकिन्छ। यसले आन्द्राको अवस्थामा पनि सुधार ल्याउँछ।

पायल्सको समस्याबाट छुट्काराः अस्वस्थ्यकर जीवनशैली र चिल्लो र जंक फुडको प्रयोगका कारण धेरै मानिसहरु पायल्सको समस्याबाट ग्रसित छन्। पायल्सबाट छुट्कारा पाउनका लागि मरिच, जीरा र चिनी वा मिश्रीलाई पिसेर मिसाउने र बिहान–बेलुकी २ देखि ३ चोटी खानाले पायल्सबाट राहत मिल्छ।

आर्थराइटिस रोगका लागि फाइदाकारीः बढ्दो उमेरका कारण हुने आर्थराइटिस रोगमा मरिचको प्रयोग एकदमै फलदायी हुन्छ। यसलाई तीलको तेलमा राम्ररी तताउने र चिसो भएपछि हात खुट्टामा लगाउनाले धेरै आराम मिल्छ।

मेटाबोलिजममा निरन्तरताः मरिचले मेटाबोलिजमलाई राम्रो बनाउँछ। क्यालोरी र पेटको बोसो कम गर्नुका साथै पेटसँग सम्बन्धीत विभिन्न रोगहरुको सम्भावना पनि कम गर्छ।

ज्वरो र खोकीको समस्यामाः ज्वरो आएका बेला मरिचलाई हल्का तातो दुधमा मिसाएर पिउँदा आराम मिल्छ। यसका साथै महमा मरिच मिसाएर दिनमा दुई तीन खानाले खोकी निको हुन्छ।

दाँत दुखाईबाट आरामः दाँतको लागि पनि मरिच धेरै नै फाइदाजनक रहेको छ। यसको दैनिक प्रयोगले दाँत बिग्रीने समस्याबाट छुट्कारा मिल्छ। यसले छालालाई पनि स्वास्थ्य बनाउँछ। यसको प्रयोगले छाला सम्बन्धी धेरै रोगहरुलाई टाढा राख्छ।

एसिडिटीबाट छुट्काराः मरिचलाई कालो (बिरे) नुन र कागतिसँग मिसाएर खाँदा एसिडिटीबाट आराम मिल्छ। मरिचको धुलो र कागतीको रस हालेर तातो पानी पिउनाले एसिडिटीबाट छुट्कारा पाउन सकिन्छ।

ब्लड प्रेसर कन्ट्रोलः ब्लड प्रेसर बढेका बेला आधा गिलास पानीमा एक सानो चम्चा मरिचको धुलो मिसाएर पिउनु लाभदायक हुन्छ। मरिचका धेरै फाइदाहरु भएपनि यसको सेवन गर्नुपूर्व आफ्नो शरिरको अवस्थाका बारेमा जानकारी लिएर मात्र सेवन गर्नुपर्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah