कोठाभित्र आगो तापेर सुत्दा यहाँ आज एक शिशुको मृ’त्यु भएको छ भने दुई जना अचेत भएका छन् । सूर्यविनायक नगरपालिका–४ दधिकोट गाम्चास्थित भावना थापाको जस्ताले छाएको घरमा डेरा गरी बस्दै आएका रामेछापको मन्थली नगरपालिका घर भएका ३० वर्षीय अभिषेक रम्तेलका तीन महिनाका छोराको मृ’त्यु भएको महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख एवं प्रहरी नायब उपरीक्षक नरहरि रेग्मीले जानकारी दिनुभयो ।जाडो बढेपछि शनिबार बेलुका खाना खाएर आगो बलिरहेको कोइला कोठामै राखेर सुतेकामा बिहान अबेरसम्म पनि नउठेपछि स्थानीय र प्रहरीले ढोका फुटाएर अचेत अवस्थामा तीन जनालाई उपचारका लागि मध्यपुर अस्पताल लगेको उहाँले जानकारी दिनुभयो ।
शिशुको अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको र अभिषेक तथा उहाँकी श्रीमती २८ वर्षीया पसुना तामाङको उपचार भइरहेको र उनीहरुको अवस्था गम्भीर रहेको चिकित्सकले बताएको उहाँले जानकारी दिनुभयो ।प्रहरी नायब उपरीक्षक रेग्मीले भन्नुभयो, “गाउँको घर जस्तो होइन, सहरका घरमा ढोका र झ्याल लगाएपछि बाहिरबाट हावा ओहोरदोहोर गर्ने ठाउँ नै हुँदैन, यस्तो अवस्थामा आगो तापेर कोठामा सुत्दा अक्सिजन सकिएर स्वास फेर्न नसकेर ज्या’न जान्छ, यस्तो मामिलामा सबैले सचेत भएर कोठाभित्र रातभरि आगो र हिटर बालेर सुत्नु हँुदैन, यो घ’टना पनि यसैको परिणाम हो ।”
त्यसैगरी आजै चाँगुनारायण नगरपालिका–१ दुवाकोट बेँसीस्थित रमेश बुढाथोकीको जस्ताको टहरामा झुण्डिएर मृ’त्यु भएको अवस्थामा एक पूर्वसैनिकको मृ’त्यु भएको छ । सोलुखुम्बु लिखुपिके गाउँपालिका घर भई हाल दुवाकोटमा बस्दै आएका ३५ वर्षीय मोहन बस्नेतको मृत्यु भएको र दुवै घ’टनाको अनुसन्धान टोली बनाएर प्रहरीले अनुसन्धान सुरु गरेको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिनुभयो । फाइल तस्विर



