काठमाडौ । प्रहरीले तत्काल खबर पायो भने घटना हुन दिँदैन र यदि भैहाले पनि घटनामा संलग्नलाई तत्काल पक्राउ गर्न र कारवाही चलाउन सक्छ भन्ने उदाहरण शुक्रवार देखियो । एक जना युवतीले आफु जोखिममा रहेको भन्दै प्रहरीलाई तत्काल जानकारी गराइन् । साँझाको बेलामा आफु कतै गइरहेको बेलामा सुनसान ठाउँमा आफुलाई दुई युवकले ज’बर’ज’स्ती गर्न खोजेको भन्दै युवतीले प्रहरीलाई फोन गरिन् ।उनले आपतकालिन अवस्थामा प्रहरीको १०० नम्बरमा फोन गरेकी थिइन् । फोनमा बोलिरहेको युवतीको आवाज डरले कापिरहेको सुनिन्थ्यो। फोनमा बोलिरहेको युवती समस्यामा छन् भन्ने आवाज सुन्नेबित्तिकै प्रहरीले लख काटिसकेको थियो। युवतीले फोन गरेर बताए अनुसारको लोकेशनमा प्रहरी पुग्दा घटनामा संलग्न दुई युवा पक्राउ परे ।

उनले आफूमाथि दुई जना युवकले ज’बर्ज’स्ती गरिरहेकोले तत्काल उद्धार गर्न भन्दै प्रहरीको सहयोग मागेकी थिइन् । उनको लोकेशन अनुसार प्रहरीको कन्ट्रोल रूमले तत्काल ईलाका प्रहरी कार्यालय लुम्बिनीमा घटनाबारे जानकारी गराएको थियो । घटनास्थल लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर १३ पिपरास्थित खुला खेत थियो ।एकान्त ठाउाँमा युवतीलाई देखेर दुई युवाले उनलाई ज’बरज’स्ती गरिरहेका थिए । ईलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक युवराजजंग कार्कीको टोली तत्काल घटनास्थलमा पुग्यो । एक जनालाई घटनास्थलवाटै पक्राउ गरेको छ भने अर्कालाई भाग्दै गर्दा राती करिब साढे १० वजे पक्राउ गरेको प्रहरीले जनाएको छ । यो सबै युवतीले फोन गरेको १० मिनेटमै भएको थियो ।

लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर १३ पिपरास्थित खुला खेतमा दुई जना युवक पक्राउ परेको प्रहरीले जनाएको छ । एक जनालाई प्रहरीले रं’गेहा’त पक्राउ गर्‍यो। अर्का प्रहरी देखेर भागेका थिए । प्रहरीले युवतीलाई तत्कालै उद्धार गरी तत्काल अस्पताल पठाएको छ ।पक्राउ पर्नेमा स्थानीय २० वर्षिय गणेश यादव र २६ वर्षिय सुवास यादव रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

divinegc.com
mimislot
mimislot
Social Media Strategy
babaslot
mimislot
slot gacor
arhivs.jekabpilslaiks.lv