कालिकोटको पलाँता गाउँपालिकाका उमेश बमले गाउँमै दैनिक उपभोग्य वस्तुको पसल सञ्चालन गरेका छन्। अघिल्लो महिनासम्म पसलमा एक लिटर खाने तेल किन्दा २५० रूपैयाँ पर्थ्यो।तराईबाट कर्णाली राजमार्ग हुँदै खाद्यवस्तु गाउँसम्म पुर्‍याउन भरिया लगाउनु पर्थ्यो। कर्णाली राजमार्ग र कर्णाली करिडोर जोड्न कर्णाली नदीमा पुल थिएन। तर अहिले पुल बनेर सञ्चालनमा आएपछि सबै कुरा सहज र सामान पनि सस्तो भएको छ।

‘अहिले कर्णाली नदीमा पुल सञ्चालनमा आएपछि सुर्खेतमा लोड गरिएको सामान घरनजिकै आउँछ,’उनले भने, ‘दैनिक उपभोग्यदेखि निर्माण सामग्रीसम्म अहिले सस्तो भएको छ।’कर्णालीमा बनेको पुलले कर्णाली राजमार्ग र कर्णाली करिडोरलाई जोडेपछि गाउँमा सस्तोमा खाद्यान्न र अन्य सामग्री पाइन थालेको छ। २५० रूपैयाँमा बेच्दै आएको खाने तेल अहिले दुई सय रूपैयाँमा झरेको छ।

‘पहिला ढुवानी महँगो हुँदा दैनिक उपभोग्य सामग्री महँगोमा बिक्री गर्नुपर्ने बाध्यता थियो,’ बमले भने, ‘पुल सञ्चालनमा आएसँगै यस्ता सामग्रीको मूल्य घटेको छ।पहिले कर्णाली राजमार्गको जितेगडामा सहरतिरबाट आउने गाडीबाट सामान अनलोड गर्नुपर्थ्यो। त्यहाँबाट कर्णालीवारि ल्याउन भरियाले पिठ्युँमा बोक्थे। किलोको ३० रूपैयाँका दरले भरियाले जितेगडाबाट सामान बोकेर कर्णालीवारि ल्याउँथे।

त्यहाँबाट फेरि अर्को गाडीमा सामान लोड गरेर यहाँसम्म ल्याउनुपथ्र्यो। सुर्खेतमा पाइनेभन्दा दोब्बर मूल्यमा दैनिक उपभोग्य सामान बिक्री गर्नुपर्ने बाध्यता थियो।’कर्णाली करिडोर कालिकोटको खुलालुदेखि सुरु हुन्छ। उत्तरको छिमेकी चीनसँग जोड्ने यो सडकको १२२.७५ किलोमिटर खण्ड तयार भए पनि कर्णाली नदीमाथि पुल नहुँदा यातायातका साधन न्यून गुड्थे। हेलिकोप्टर र फेरीबाट तारिएका केही सीमित साधनका कारण ढुवानी पनि महँगो थियो।

पुल सञ्चालनमा आएसँगै प्रदेश राजधानी सुर्खेतबाट हिँडेका गाडी कालिकोट मात्रै होइन, सुदूरपश्चिमको बाजुरा हुँदै हुम्लासम्म पुग्न थालेका छन्। यसबाट कर्णाली नदीपारिका बासिन्दालाई यात्रासँगै दैनिक उपभोग्य वस्तु खरिद–बिक्रीमा सहज भएको छ।

२०७१ चैत ९ गते काम सुरु गरेको नेपाली सेनाले कालिकोट खण्डको ४० किलोमिटर, सुदूरपश्चिम प्रदेशमा पर्ने बाजुरा खण्डको ४४ किलोमिटर र हुम्ला खण्डको ३८.७५ किलोमिटर सडक निर्माण सम्पन्न गरेर सडक विभागलाई हस्तान्तरण गरिसकेको छ। अब चीन पुग्न १२ किलोमिटर सल्लीसल्लाको भीर फोड्न बाँकी छ। याे खबर नागरिक दैनिकमा छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah