धनकुटा नगरपालिका- ४ छारागाउँकी ५२ वर्षीया सीता श्रेष्ठको शव घरभित्र पुरिएको अवस्थामा फेला परेको छ । गत पुस १६ गतेदेखि बेपत्ता भएकी सीताको उनका पति सीतारामले ह’त्या गरेको प्रहरीले जनाएको छ ।घरायसी झगडापछि पत्नि बेपत्ता भएसँगै फरार रहेका सीतारामलाई ललितपुरबाट आइतबार प्रहरीले नियन्त्रणमा लिएको थियो । उनलाई पक्राउ गरी प्रहरीले सोधपुछ गर्ने क्रममा ह’त्या गरी घरभित्रै गाडेको रहस्य खुलेको प्रहरीले बताएकाे छ ।

गत पुस २१ गते भदाहा अरुण श्रेष्ठले खोजतलासका लागि प्रहरीमा निवेदन दिएका थिए । यसअघि पनि पति-पत्निबीच बारम्बार कुटपिट हुने गरेको थियाे । शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय