राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेश नं १ माबाहेक अन्य प्रदेशमा राष्ट्रिय सभाको निर्वाचनको मतदान प्रक्रियामा भाग नलिन ह्वीप जारी गरेको छ ।पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा आज (मंगलबार) बसेको केन्द्रीय पदाधिकारीको बैठकले प्रदेश १ मा पार्टीका उम्मेदारहरू अम्बरबहादुर विष्ट र रञ्जु प्याकुरेललाई मतदान गर्न पार्टीको तर्फबाट प्रतिनिधित्व गर्ने मतदाताहरूलाई मतदान प्रक्रियामा सहभागी हुन निर्देशन दिँदै अन्य प्रदेशमा भने सहभागी नहुन भनेको हो । राप्रपाले प्रदेश १ बाहेक अन्यत्र आफ्नो पार्टीको उम्मेदवार नभएकोले मतदान नगर्न भनेको हो ।
प्रदेश १ मा बाहेक अन्य प्रदेशमा मतदान प्रक्रियामा भाग नलिन राप्रपाको ह्वीप
सवालनेपालसंवाददातामंगलबार, ११ माघ २०७८

प्रदेश १ मा बाहेक अन्य प्रदेशमा मतदान प्रक्रियामा भाग नलिन राप्रपाको ह्वीप
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नेपाल निजामती कर्मचारी संगठन मोरङ अध्यक्षमा कोइराला निर्वाचित

यो पनि पढ्नुहोस् »
भारतमा नगर चुनावका कारण रुपन्देहीमा नेपाल–भारत सीमा नाका बन्द हुदै
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नेपाल निजामती कर्मचारी संगठन मोरङ अध्यक्षमा कोइराला निर्वाचित
आइतबार, १४ माघ २०८१
भारतमा नगर चुनावका कारण रुपन्देहीमा नेपाल–भारत सीमा नाका बन्द हुदै
मंगलबार, १९ वैशाख २०८०
उपेन्द्रलाई ५ हजारको अग्रता
मंगलबार, १२ वैशाख २०८०
उपनिर्वाचनले कांग्रेसलाई झड्का
मंगलबार, १२ वैशाख २०८०
७० हजार मतगणना हुँदा रविले पाए ५० हजार मत
मंगलबार, १२ वैशाख २०८०



