महोत्तरीमा कात्तिकदेखि पुससम्म २१ हजार पाँच सय सवारीसाधन कारबाहीमा परेका छन् । पछिल्लो तीन महिनामा ट्राफिक कारबाहीबाट मात्र ८४ लाख ८१ हजार रुपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यलय महोत्तरीले जनाएको छ । कारबाहीमा पर्नेमा लाइसेन्स तथा कागजपत्र नभएकादेखि दुर्घटनामा संलग्न सवारीसाधनसमेत छन् । यो अवधमिा एक सय ५२ वटा दुर्घटना भए । दुर्घटनामा परी १४ जनाले ज्यान गुमाए भने दुई सय ४२ जना घाइते भए । जिल्ला ट्राफिक कार्यालय महोत्तरीका अनुसार ३० पुरुष, चार महिला र दुईजना बालबालिका गम्भीर घाइते बनेका छन् । एक सय ४३ पुरुष, ६१ महिला र ३८ जना बालबालिका सामान्य घाइते भएका थिए । दुर्घटना परी मृत्यु हुनेमा सबैभन्दा बढी पुरुष छन् । पछिल्लो तीन महिनामा घाइते हुनेमा भने महिलाको संख्या अधिक छ । यो अवधिमा ६४ जना महिला घाइते भएका छन् । प्रहरीले दुर्घटनालाई नै मध्यनजर गरी कात्तिक महिनामा सात, मंसिरमा ४८ र पुसमा ४२ वटा गरी ९७ वटा सचेतनामूलक कार्यक्रम गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रकाश विष्टले जानकारी दिए ।प्रहरीले दुर्घटना न्यूनीकरण गर्न सक्रियता देखाए पनि तथ्यांकले दुर्घटनामा झन् वृद्धि भएको देखाएको छ ।
महोत्तरीमा तीन महिनामा एक सय ५२ दुर्घटना, १४ जनाले गुमाए ज्यान
सवालनेपालसंवाददातामंगलबार, ११ माघ २०७८

महोत्तरीमा तीन महिनामा एक सय ५२ दुर्घटना, १४ जनाले गुमाए ज्यान
यो समाचार शेयर गर्नुहोस्:
सम्बन्धित विषयहरू:## दुर्घटना

« यो पनि पढ्नुहोस्
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ

यो पनि पढ्नुहोस् »
लागू औषध सहित ११ जना पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
लागू औषध सहित ११ जना पक्राउ
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमक र बिर्तामोडमा लागूऔषधको डिलर, प्रहरीकै मिलेमतोमा कारोबार हुने गरेको गुनासो
मंगलबार, १६ माघ २०८१
बन्दका कारण मेची राजमार्गमा यातायात सेवा प्रभावित
मंगलबार, १६ माघ २०८१



