सिरहामा घरायसी विवाद हुँदा बाबुले छोरालाई बन्चरो प्रहार गरी हत्या गरेको छ । जिल्लाको सखुवानन्कारकट्टी गाउँपालिका–२ पटनामा मंगलबार बिहान करिब ९ बजे बाबुले छोराको हत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकीले ६० वर्षीय सोनाइ सदायले बन्चरो प्रहार गरी २० वर्षीय छोरा परमेश्‍वर सदायको हत्या गरेका बताए ।
दुवै जनाबीच घरायसी विवाद हुँदा बाबुले यस्तो घटना घटाएको उनले बताए । घटनामा संलग्न रहेको भन्दै सोनाइलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

divinegc.com
mimislot
mimislot
Social Media Strategy
babaslot
mimislot
slot gacor
ksebecsekm.com