अन्वेषकहरूको एउटा अन्तर्राष्ट्रिय टोलीले हालै गरेको अनुसन्धानले गुमनाम भएको एउटा पुरानो सहर पत्ता लगाएको छ। तर चीनको पूर्वमा ५,३०० वर्ष पहिले बनेको सहरको जनसङ्ख्या अचानक कसरी हराइयो? कारण थाहा पाउँदा अनुसन्धानकर्ताहरु छक्क परेका छन् । चीनको लियाङझु सहरका भग्नावशेषहरूले त्यसबेला समाजको रूपमा संस्कृति, विशेषगरी कृषि र जलस्रोतमा निकै उन्नति भएको देखाएको अनुसन्धानकर्ताहरू बताउँछन्।

तिनीहरूले उत्कृष्ट वास्तु संरचना र प्रणालीहरू सिर्जना गरे। यसमा नहर, बाँध र जलाशयहरू जस्ता चीजहरू समावेश थिए, जसले लियांगझुलाई ‘पूर्वको भेनिस’ भनिन्छ। तर यो सबै कसरी गायब भयो? धेरैजसो अनुसन्धानकर्ताहरूले यसको पछाडि कुनै न कुनै बाढीलाई कारण मान्छन्। अस्ट्रियाको इन्सब्रक विश्वविद्यालयका भूवैज्ञानिक क्रिस्टोफ स्पोटलले संरक्षित भग्नावशेषहरूमा माटोको पातलो तह फेला परेको बताउनुभयो । जसले प्राचीन सभ्यताको अन्त्य र याङ्त्जे नदी वा पूर्वी चीन सागरको बाढीलाई औंल्याउँछ।

यद्यपि माटोको तहबाट कुनै सटीक निष्कर्ष निकाल्न सम्भव छैन। तर एउटा नयाँ अध्ययनले यो रहस्य धेरै हदसम्म समाधान गरेको छ । चीन विश्वविद्यालयका हाइवेई झाङको नेतृत्वमा प्रा. स्पटल र अनुसन्धानकर्ताहरूको टोलीले गहिरो अनुसन्धान गरे। तिनीहरूले यस क्षेत्रका दुईवटा पानीमुनि गुफाहरूबाट खनिज संरचनाहरूको जाँच गरे, जहाँ हजारौं वर्षदेखि जलवायु अवस्था र रासायनिक हस्ताक्षरहरू संरक्षित छन्।

स्टालेग्माइट नमूनाहरूको परीक्षणले देखाएको छ कि लियांगझु शहरको पतन ४३०० वर्ष पहिले, सम्भवतः धेरै दशकसम्म चलेको अ’त्यधिक वर्षाका कारण यो शहर बिस्थापित हुन् पुगेको पत्ता लागेको छ। अनुसन्धान टोलीका अनुसार भारी मनसुनी वर्षाले याङ्त्जे नदीमा ठूलो बाढी आएको र बाँध र नालाहरू ध्व’स्त भएको हुनसक्छ। त्यसैले लियाङझु सहरको अस्तित्व समाप्त भयो र ठूलो संख्यामा मानिसहरू बसाइँ सरिन बा’ध्य भए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय