यही माघ ७ गते राति मोरङको सुन्दरहरैंचा नगरपालिका ४ बलियामा एक महिलामाथि भएको सामूहिक ब'ला'त्कार घ'टनामा संलग्न थप एक आ'रोपी पक्राउ परेका छन्। सुन्दरहरैंचा ४ घर भई मोरङको बेलबारीमा बस्दै आएका २७ वर्षीय मनोज श्रेष्ठलाई उनकै घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी मन्जिल मुकारुङले जानकारी दिए।

ब'ला'त्कारमा संलग्न मनोजका दाइ ३६ वर्षीय अर्जुन भन्ने हिमबहादुर श्रेष्ठ र उनका भाइ सुरज श्रेष्ठलाई यसअघि नै प्रहरीले पक्राउ गरेको थियो। अर्जुन ब'ला'त्कार भएको श्रेष्ठ होटल एन्ड फेमिली लज सञ्चालक हुन्।सामूहिक ब'ला'त्कार घ'टनाका अर्का फरार आ'रोपी झापा घर भएका रामबहादुर नेपालीको खोजी भइरहेको प्रहरीले जनाएको छ। पीडित महिलाकी बहिनीले दिएको किटानी जोहेरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको डीएसपी मुकारुङले जानकारी दिए। पक्राउ परेकाहरुलाई जिल्ला अदालतबाट म्याद थप गरी प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सुनसरीको इटहरीबाट गछियास्थित बहिनीको घर जाने क्रममा गएको शुक्रबार ३० वर्षीया महिला अ'पह'रणमा परेकी थिइन्। अ'पहर'णकालीले उनलाई होटलमा पुर्याएर सामूहिक ब'ला'त्कार गरेका थिए। अ'पहर'णमा प्रयोग भएको प्रदेश२–०१–००१च २२७ नम्बरको सुजुकी भ्यानलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।